दशैकाे पुर्व सन्ध्या : सप्तरीको १८ स्थानीय तह मध्ये ८ वटा पालिकाको आर्थिक कारोबार शुरु

मिति: २०२५-०९-२५ , समय : २२:५५:११ , देबराम यादव

फायल तस्बिर

देबराम यादव

राजविराज ।
सप्तरीमा रहेको १८ स्थानीय तह मध्ये ८ पालिकालाई कोष तथा लेखा नियन्त्रण कार्यालय सप्तरीले आर्थिक कारोवार शुरु गरेको छ ।स्थानीय सरकार संचालन ऐनको दफा ७३(१)मा पारित बजेटको सात दिन भित्र खर्चको अख्तियारी प्रमुख प्रशासकीय अधिकृतलाई पालिका प्रमुख/अध्यक्षले दिनुपर्ने प्रावधान छ । सप्तरीमा चालु आर्थिक वर्षको दुई महिना भन्दा बढी समय बितिसक्दा पनि अधिकांश पालिकाले अख्तियारी दिएको छैन् ।
‘कानुनमा पालिका प्रमुख/अध्यक्षले अख्तियारी नदिएसम्म तलब दिन सक्ने अवस्था नरहेको , कानुन अनुसार बजेट पारित भएको सात दिनभित्रै दिनुपर्ने प्रावधान रहेको छ । हालसम्म सप्तरीका दशवटा स्थानीय तहले आर्थिक कारोबार सुरु नगरेको कोष तथा लेखा नियन्त्रण कार्यालय सप्तरीको कार्यालय प्रमुख इन्द्र बहादुर लुङ्गेलीले बताउनु भयो ।
उहाँले जिल्लाका राजविराज, शम्भुनाथ, कञ्चनरुप, खडक नगरपालिका, अग्निसाइर कृष्णासवरण, तिलाठीकोइलाडी, छिन्नमस्ता , तिरुहुत, बलानबिहुल, बिष्णुपुर गाउँपालिकाले आर्थिक कारोबार सुरु हुन नसकेको जानकारी दिनुभयो ।
बिहिबार डाक्नेश्वरी र सुरुंगा नगरपालिकाको निकासाको प्रक्रिया भइरहेको छ भने आठ वटा पालिकाले आर्थिक कारोबार सुरु गरेको कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख लुङ्गेलीले सञ्चारकर्मीलाई जानकारी दिनु भयो । उहाँका अनुसार सप्तकोशी, बोदेवरसाइन, हनुमाननगर कंकालिनी नगरपालिका, महादेवा, राजगढ र रुपनी गाउँपालिकाले आर्थिक कारोबार सुरु गरेको बताउनु भयो ।
यता आर्थिक कारोबार सुरु नभएका पालिकामा हिन्दुहरुको महान पर्व दशैंको समयमा समेत कर्मचारीले तलब पाउनबाट बन्चित भएको पिडित कर्मचारीहरु बताउँछन ।

प्रकाशित मिति: २०२५-०९-२५ , समय : २२:५५:११ , 2 months अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित