सप्तरी प्रहरीले जेनजी आन्दोलनकाे क्रममा भागेका कैदीबन्दी बारे सूचना दिन आग्रह

मिति: २०२५-०९-२७ , समय : २२:१०:३३ , गामघर डेस्क

फायल तस्बिर

गामघर डेस्क

राजविराज ।
जेनजी आन्दोलनकाे क्रममा सप्तरी प्रहरीले कारागारबाट भागेका कैदीबन्दी बारे जानकारी दिन आग्रह गरेको छ ।
चाडपर्वको समयमा सप्तरीसहित अन्य जिल्लाहरुबाट समेत भागेका कैदी, बन्दी, थुनुवाहरु आ–आफ्नो स्थानीय गाउँ ,टोल,घरमा आउन सक्ने, अवाञ्छित गतिविधिहरुमा संलग्न हुन सक्ने प्रहरीले जनाएको छ ।
यस्ता व्यक्तिहरुको सम्बन्धमा कुनै पनि जानकारी प्राप्त भएमा तथा कुनै पनि किसिमको समस्या परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा आकस्मिक सहायताको लागि प्रहरी कन्ट्रोल सप्तरी नम्बर ९८५२८९०२७० अथवा १०० नम्बरमा सूचना दिई आवश्यक सहयोग गर्न जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनु भएको छ । उहाँले सूचनाकर्ताको विवरण गोप्य राखिने समेत बताइएको छ ।
गत भदौ २५ गते कारागार कार्यालय सप्तरीबाट २०५ जना फरार भएकोमा ९९ जना कैदी, बन्दी पक्राउ परिसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२५-०९-२७ , समय : २२:१०:३३ , 2 months अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित