वडा दशैकाे आज फूलपाती : घर घरमा फूलपाती भित्र्याइँदै , सप्तरीको छिन्नमस्ता भगवती मन्दिर सहितमा भक्तजनकाे भिड
मिति: २०२५-०९-२९ , समय : ०७:४७:२५ , शुभ नारायण यादव
मिति: २०२५-०९-२९ , समय : ०७:४७:२५ , शुभ नारायण यादव
तस्बिर : एस.एन. यादव / गामघर टिभि
शुभ नारायण यादव
काठमाण्डौ । आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ ।

फूलपाती नौ वटा देवीको प्रतीकको रुपमा भित्र्याइ शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिनुभयो । केरामा ब्रम्हयणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आवाहन गरी पूजा गर्ने परम्परा रहेको भट्टराईले बताउनुभएको छ । फूलपाती भित्र्याएपछि नौवटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । फूलपाती भित्र्याउन साइतको आवश्यक्ता नपर्ने पनि प्रा डा भट्टराईले जानकारी दिनुभयो ।

हनुमानढोका दरबारको दशैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखाबाट धादिङको जीवनपुरसम्म दशैंघरका पूजारीसहित मगर जातिका ६ जनाले ल्याउने र धादिङको जीवनपुरबाट काठमाडौँको जमलसम्म काठमाण्डौबाट गएका ६ जना ब्राह्मणले ल्याउने परम्परा छ ।जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारीहरु, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिन्छ ।

यस वर्षको फूलपाती आज अपराह्न साँढे चार बजे भित्र्याइने कार्यक्रम छ । आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि सुरु भएको नेपालीहरुको महान् चाड दशैँ अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गर्दछ । 

यता साेहि अवसरमा मुलुकमै प्रसिद्ध सप्तरीको छिन्नमस्ता स्थित भगवती मन्दिरमा बिहानैदेखि हजारौं भक्तजनकाे पुजापाठ तथा खसी बलिदान गर्नेहरुकाे भिड लागेको मन्दिरका पिठाधिश महाकान्त ठाकुरले जानकारी दिनुभयो । दशै अवधिभर नेपाल सहित छिमेकी भारतबाट समेत हजारौं भक्तजन छिन्नमस्ता मन्दिरमा पुजापाठ गर्न आउने गरेको मन्दिर समितिले जनाएको छ ।
यस्तै सप्तरीको छिन्नमस्ता गाउपालिका वडा न.१ बरहि थान पाेखरिमा दुर्गा भगवतीकाे मुर्ति बनाएर प्रत्येक बर्ष झे यस वर्ष पनि विभिन्न कार्यक्रमका साथ भव्य मेला आयाेजना गरि दुर्गा पुजा मनाइरहेकाे छ ।
प्रकाशित मिति: २०२५-०९-२९ , समय : ०७:४७:२५ , 2 months अगाडि