वडा दशैकाे अवसरमा सप्तरीकाे राजदेवी मन्दिरमा फूलपाती भित्र्याइयो
मिति: २०२५-०९-२९ , समय : १२:४१:०५ , गामघर डेस्क
मिति: २०२५-०९-२९ , समय : १२:४१:०५ , गामघर डेस्क
तस्बिर : देबराम यादव / गामघर टिभि
गामघर डेस्क
राजविराज ।
सप्तरीको राजदेवी मन्दिरमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले संयुक्त रूपमा फूलपाती भित्र्याएका छन् ।
दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्व सोमवार मुलुक भरी शास्त्रीय विधिअनुसार घर–घरमा शुभ साइतमा भित्र्याइँदैछ ।
घटस्थापनादेखि वैदिक परम्परा अनुसार दुर्गाको आह्वान गरी पूजा–आराधना हुँदै आएको दशैँ घर वा पूजा कोठामा सोमवार उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोक फूल र मानवृक्ष भित्र्याउने परम्परा रहिआएको छ ।
राजदेवी मन्दिरमा सप्तरीका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, नेपाली सेना भलुवाही ब्यारेक गणपति सोवित चन्द्र, सशस्त्र प्रहरी उपरीक्षक रोशन बुढाथोकीसहित नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको उपस्थिति रहेको थियो ।
नेपालमा विभिन्न समुदायले आफ्ना–आफ्नै शैलीमा विजया दशमी मनाउने परम्परा रहेको छ । नेपाली सेनाले पनि आफ्नै मौलिक र ऐतिहासिक शैलीमा दशैं मनाउने गर्छ । सेनाका सबै ब्यारेकमा आफ्नै परम्परा अनुसार दशैं मनाइन्छ ।
प्रकाशित मिति: २०२५-०९-२९ , समय : १२:४१:०५ , 2 months अगाडि