सप्तरीमा सर्पको टोकाईबाट एक महिलाको मृत्यु
मिति: २०२५-०९-३० , समय : १८:५२:०४ , गामघर डेस्क
मिति: २०२५-०९-३० , समय : १८:५२:०४ , गामघर डेस्क
फायल तस्बिर
गामघर डेस्क
सप्तरी ।
सप्तरीको डाक्नेश्वरी नगरपालीका वडा न.९ मा सर्पदंशबाट एक महिलाको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा स्थानीय ३६ वर्षीया लल्तो सदाको सर्पदंशबाट मृत्यु भएको हो ।
भारतको मधुबनी जिल्ला घर भई हाल माईती घरमा पाहुना आएका उहाँलाई सोमबार राति करिब १२ बजेतिर सर्पले रोकेको स्थानिय श्रवण सदाले बताएको छ ।
घरमा खाना खाइरहेका बेला दुल्लोबाट निस्किएको सर्पले बहिनीको खुट्टामा टोकेपछि घाइते भए पछि तत्कालै कल्याणपुरस्थित श्री बरखगण सर्पदंश उपचार केन्द्रमा भर्ना गरिएको बताउनु भयो ।
कल्याणपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि सिरहाको लहानस्थित प्रादेशिक अस्पताल लगिएकोमा उपचारको क्रममा मंगलबार बिहान करिब ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीले सञ्चारकर्मीलाई जानकारी दिनु भयो ।
सप्तरीमा केही दिनदेखि बढेको अत्याधिक गर्मीका कारण सर्पको विगविगी बढेको छ । असोज लागेपछि चर्को घामसँगै बढेको गर्मीले जनजीवन अति प्रभावित भएको हो ।
सहनै नसक्ने घामले गर्दा मानव तथा जीवजन्तुमा पनि उतिकै कठिनाइ भएको छ । यता सर्प सहितका माटोमुनी बस्ने जीवजन्तु बाहिर निस्किन थालेको स्थानिय बताउँछन ।
प्रकाशित मिति: २०२५-०९-३० , समय : १८:५२:०४ , 2 months अगाडि