नवरात्रको अन्तिम दिन आज सिद्धिदात्री देवीको पूजा : सप्तरीको कङ्कालिनि मन्दिरमा राङ्गाकाे बलि
मिति: २०२५-१०-०१ , समय : ०७:४३:३९ , शुभ नारायण यादव
मिति: २०२५-१०-०१ , समय : ०७:४३:३९ , शुभ नारायण यादव
तस्बिर : एस.एन.यादव / गामघर टिभि
शुभ नारायण यादव
राजविराज । नवरात्रको अन्तिम दिन आज सिद्धिदात्री देवीको पूजा गरिँदै छ । दुर्गा देवीका नौवटा स्वरुपलाई नवरात्रभर हरेक दिन फरक-फरक स्वरुपमा पूजा आराधना गर्ने क्रम आजदेखि समापन हुन्छ ।
माता दुर्गाको नवौं शक्तिको नाम सिद्धिदात्री हो । सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरेमा मनकामना पूरा हुने धार्मिक विश्वास छ ।

सिद्धिदात्रीलाई सबै प्रकारका सिद्धि र विजयकी प्रतीक मानिन्छ । सबै शास्त्र र विधिअनुसार निष्ठाका साथ सिद्धिदात्री देवीको साधना गर्ने साधकलाई सबै सिद्धि प्राप्त हुने विश्वास गरिन्छ ।
यही विश्वासका साथ आजको दिन विभिन्न शक्तिपीठमा सिद्धिदात्री देवीको पूजा गर्नेहरुको भिडभाड छ ।

काठमाडौंका भद्रकाली, मैतीदेवी, नक्साल भगतवी, तलेजु भवानी, दक्षिणकाली, संकटा, बज्रयोगिनी, कात्यायानी, शोभा भगवती गुहृयेश्वरी, महांकाल, लगायत शक्तिपीठहरुमा नवरात्र अवधिभर विशेष पूजा आराधना गरिएको छ । यो क्रम आजसम्म जारी रहन्छ ।
आज रातिबाट नवरात्र सकिएसँगै भोलि विहीबार बिहानैदेखि विजयादशमीको टीका शुरु हुन्छ । नौ दिनसम्म पूजाआराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ ।

यस वर्ष पनि विजयादशमीमा दिनभर मान्यजनबाट टीका प्रसाद ग्रहण गर्न सकिने भए पनि साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बिहान ११ बजेर ५३ मिनेटको साइत उत्तम रहेको जनाएको छ । दुर्गाको प्रसादको रुपमा टीका र जमरा कोजाग्रत पूर्णिमाका दिनसम्म लगाउन सकिने शास्त्रीय नियम छ । 
यता वडा दशैकाे नवमि तिथिकाे अवसरमा सप्तरीको हनुमाननगर कङ्कालिनि नगरपालिका स्थित भारदहकाे कङ्कालिनि मन्दिरमा बिहानैदेखि हजारौं भक्तजनकाे भिड लागेको छ । कङ्कालिनि मन्दिरमा आज झण्डै हजार भन्दा बढि राङ्गाकाे बलि प्रदान हुने मन्दिर समितिले जनाएको छ । साे मन्दिरमा नेपाल सहित छिमेकी भारतबाट हजारौं भक्तजन पुजापाठ गर्न आउने गरेको छ । यता साेहि अवसरमा मुलुकमै प्रसिद्ध सप्तरीको छिन्नमस्ता स्थित भगवती मन्दिरमा बिहानैदेखि हजारौं भक्तजनकाे पुजापाठ तथा खसी बलिदान गर्नेहरुकाे भिड लागेको मन्दिरका पिठाधिश महाकान्त ठाकुरले जानकारी दिनुभयो ।
दशै अवधिभर नेपाल सहित छिमेकी भारतबाट समेत हजारौं भक्तजन छिन्नमस्ता मन्दिरमा पुजापाठ गर्न आउने गरेको मन्दिर समितिले जनाएको छ । यस्तै सप्तरीको छिन्नमस्ता गाउपालिका वडा न.१ बरहि थान पाेखरिमा दुर्गा भगवतीकाे मुर्ति बनाएर प्रत्येक बर्ष झे यस वर्ष पनि विभिन्न कार्यक्रमका साथ भव्य मेला आयाेजना गरि दुर्गा पुजा मनाइरहेकाे छ । 
प्रकाशित मिति: २०२५-१०-०१ , समय : ०७:४३:३९ , 2 months अगाडि