मधेस प्रदेश : भगवानपुरका हुण्डी कारोबार गर्ने साह पक्राउ
मिति: २०२५-१०-०१ , समय : २१:३१:२९ , गामघर डेस्क
मिति: २०२५-१०-०१ , समय : २१:३१:२९ , गामघर डेस्क
तस्बिर : APF काे सहयोगमा
गामघर डेस्क
सिरहा । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म इनर्वा ठाडीले ठूलो रकमसहित हुण्डी कारोबारीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिरहाको भगवानपुर गाउँपालिका ४ जमुवाटोलका ४५ वर्षीय ओमप्रकाश साह छन् । लोकहाबाट भगवानपुर चोकतर्फ पैदल जाँदै गरेको अबस्थामा स्रोत नखुलेको ७ लाख ५० हजार रुपैयाँ बरामद भएपछि उनलाई नियन्त्रणमा लिएको बताइएको छ ।
बरामद नगद रुपैयामध्ये एक हजार दरको ४७९ थान र पाँच सय दरको ५४२ थान नोट रहेको छ । स्रोत नखुलेको उक्त रकम हुण्डी कारोबारको रहेको प्रहरीको दावी छ ।
प्रकाशित मिति: २०२५-१०-०१ , समय : २१:३१:२९ , 2 months अगाडि