मधेस प्रदेश : बस दुर्घटना हुदा दुई जनाको मृत्युु , २० जना घाइते
मिति: २०२५-१०-०३ , समय : १२:०३:४४ , गामघर डेस्क
मिति: २०२५-१०-०३ , समय : १२:०३:४४ , गामघर डेस्क
तस्बिर : टुडेपाटिबाट
गामघर डेस्क
काठमाण्डाै । मधेस प्रदेशको महोत्तरीमा बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । बिहान घारीबथानबाट खैरमारा हुँदै काठमाडौँतर्फ गुडिरहेको बस खैयरमारा स्कुल अगाडि पैदलयात्रुलाई बचाउन खोज्दा अनियन्त्रित भएर दुर्घटना भएको हो । बसले किच्दा पैदलयात्रु स्थानीयबासिन्दा चुल्हाइ चौधरीको घटनास्थलमै ज्यान गएको र बसका यात्रु सर्लाहीको इश्वरपुरका १२ वर्षीय प्रविण खडकाको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
यता बसमा रहेका २० जना भन्दा धेरै यात्रु घाइते भएकामा केहीको अबस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२५-१०-०३ , समय : १२:०३:४४ , 2 months अगाडि