इलाममा पहिरोमा परी माइजोगमाई गाउँपालिकाका ८ जना सहित २८ जनाको मृत्युु
मिति: २०२५-१०-०५ , समय : १५:०२:१५ , गामघर डेस्क
मिति: २०२५-१०-०५ , समय : १५:०२:१५ , गामघर डेस्क
तस्बिर : सामाजिक सन्जालबाट
गामघर डेस्क
काठमाण्डाै । इलाममा पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या २८ जना पुगेको छ । गएराति गएको पहिरोमा परी माइजोगमाई गाउँपालिकामा ८ जनाले ज्यान गुमाएका छन् ।

यस्तै इलाम नगरपालिका–६ घोसमा ६, देउमाई नगरपालिकामा २, सन्दकपुर गाउँपालिकामा ३, माङसेबुङ गाउँपालिका–१ पाटीगाउँमा ३, फाकफोकथुम गाउँपालिका–१ मा १ र सूर्योदय–१ मानेभञ्ज्याङमा ५ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

इलामका विभिन्न ठाउँमा गरी अझै १२ जना हराइरहेका छन् । दर्जनौं घरमा क्षति पुगेको छ । माङसेबुङ गाउँपालिका–१ गजुरमुखीमा पहिरोका कारण गम्भीर घाइते एक गर्भवतीसहित दुई जनाको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार भएको छ ।
प्रकाशित मिति: २०२५-१०-०५ , समय : १५:०२:१५ , 2 months अगाडि