बाढीपहिरोमा मृत्युु हुनेहरुकाे संख्या ५२ पुग्यो, ७ जना बेपत्ता

ज्यान गुमाउनेमध्ये ३७ जना इलामका छन् । यस्तै पाँचथरमा आठ जना, उदयपुरमा दुई जना र खोटाङका दुई जनाको ज्यान गएको छ ।

मिति: २०२५-१०-०६ , समय : १३:१८:३८ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाण्डौ । शुक्रवार र शनिवारको ठूलो वर्षापछिको विपद्जन्य घटनामा परी ज्यान गुमाउनेको संख्या ५२ पुगेको छ । अरू सात जना बेपत्ता भएका सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार बाढी पहिरो र त्यसपछि भएको दुर्घटनामा कोशी प्रदेशमा मात्रै ४९ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमध्ये ३७ जना इलामका छन् । यस्तै पाँचथरमा आठ जना, उदयपुरमा दुई जना र खोटाङका दुई जनाको ज्यान गएको छ ।

रौतहटमा तीन जना र काभ्रेमा एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीका अनुसार बाढीपहिरोमा परेर रसुवामा चार जना, बारामा एक जना, इलाममा एक जना र काठमाण्डौमा एक जना बेपत्ता छन् ।

प्रकाशित मिति: २०२५-१०-०६ , समय : १३:१८:३८ , 2 months अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित