सप्तरीको हनुमाननगर कंकालिनीमा जनचेतना अभियान नेपालद्वारा राहत सामग्री वितरण

मिति: २०२५-१०-०८ , समय : ०८:५०:०५ , रबि शर्मा

तस्बिर : रबि शर्मा / गामघर टिभि

रबि शर्मा

हनुमाननगर ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १२ मा मंगलबार ११३ घरपरिवारलाई राहत सामग्री वितरण गरिएको छ। राहत वितरण कार्यक्रम जनचेतना अभियान नेपालको पहलमा, सेभ द चिल्ड्रेनको सहयोग र हनुमाननगर कंकालिनी नगरपालिकाको समन्वयमा सम्पन्न भएको हो।

राहत सामग्रीमा प्रत्येक परिवारलाई त्रिपाल २ थान, मच्छरदानी २ थान, एलुमिनियम म्याट, दोरी, महिला तथा लागि डिजनिटी कीट, साथै भाँडा र भाँडाकुँडाका सामानहरू वितरण गरिएको थियो।

कार्यक्रमका बारेमा जानकारी दिँदै जनचेतना अभियान नेपालकी प्रमुख जुही ठाकुरले बाढीपीडित परिवारहरूलाई सहयोगका लागि यो राहत कार्यक्रम सञ्चालन गरिएको बताइन्। उनका अनुसार संस्थाले आगामी दिनहरूमा पनि समुदायमा आवश्यक सहयोग र पुनःस्थापनाका कामलाई निरन्तरता दिने योजना बनाएको छ।

यस राहत वितरण कार्यक्रमले बाढीबाट प्रभावित स्थानीय बासिन्दाहरूमा राहतको अनुभूति दिलाएको र समुदायमा सहकार्य र एकताको भावना मजबुत बनाएको जनाइएको छ।

प्रकाशित मिति: २०२५-१०-०८ , समय : ०८:५०:०५ , 2 months अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित