बालिकामाथि सामूहिक बलात्कार गर्ने तीन जना पक्राउ
मिति: २०२५-१०-०९ , समय : ०९:०२:३७ , गामघर डेस्क
मिति: २०२५-१०-०९ , समय : ०९:०२:३७ , गामघर डेस्क
फायल तस्बिर
गामघर डेस्क
सुनसरी । कोशी प्रदेशको सुनसरीको बर्जु गाउपालिका वडा न.६ चमडीमा ६ दिन अघि मेला घुम्न गएकी बालिकामाथि सामूहिक बलात्कार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सुनसरीको बर्जू गाउँपालिका–६ का २१ वर्षीय बुधनारायण चौधरी, सोही ठाउँका २१ वर्षीय विजय साह र १५ वर्षीय एक बालक रहेका छन्।
घटनाक्रम अनुसार असोज १६ गते दसैंको टीका दिन बर्जू–६ स्थित चन्दामोहन बाँधमा १३ वर्षीया बालिका मेला घुम्न गएकी थिइन्। त्यही बेला ती समूहले उनलाई बलात्कार गरेर फरार भएका थिए।
प्रकाशित मिति: २०२५-१०-०९ , समय : ०९:०२:३७ , 2 months अगाडि