सप्तरीको चाँदनी चौकमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

मिति: २०२५-१०-१० , समय : १९:३७:५४ , गामघर डेस्क

तस्बिर : देबराम यादव / गामघर टिभि

गामघर डेस्क

राजविराज ।
पूर्वपश्चिम राजमार्गको सडकखण्ड सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका वडा नम्बर २ स्थित चाँदनी चौकमा शुक्रबार ट्रकक्रेनको ठक्करबाट एक बृद्धको मृत्यू भएको छ । चाइनिज रेल्वे इन्जिनेरिङ्ग ग्रुप पूर्वी क्याम्प सिंगापुरका ट्रकक्रेनको ठक्करबाट स्थानीय ८६ वर्षिय बमभोल चौधारीको घटना स्थलमै मृत्यू भएको हो ।
बेहाई पुल नजिक (डोजर) स्काभेटर बोकेर गाडी पूर्वबाट पश्चिम तर्फ पछाडी सार्दै गरेको ना १ अ यो १८६ नम्बरको ट्रकक्रेनले सोही दिशा बाट जाँदैं गरेका साइकलमा सवार चौधारीलाई ठक्कर दिएको स्थानीय प्रत्यक्ष दर्शीहरुले बताउनु भयो ।
साइकलमा सवार चौधारीको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
आफ्नै साइडमा रहेको चौधारीलाई चालकको लापरबाहीले गर्दा दुर्घटना भएको भन्दै आक्रोशित स्थानीयबासी तथा आफन्तजनले पूर्वपश्चिम राजमार्ग अवरोध गरेका छन्।
लपरबाही गर्ने चालकलाई कारबाही गर्नुपर्ने तथा क्षतिपूर्तिको माग गर्दै दिउँसो ०३ :५० देखि भएको चक्का काम गरेका थिए ।
बन्दका कारण सयौ सवारी साधन सडकमै रोकिदा हजारौं यात्रु सडकमै अलपत्र परेका छन् भने सडक खोल्न स्थानीय प्रहरी,जनप्रतिनिधि र मृतकका आफन्त वीच छलफल भई रहेको स्थानीयले जनाएको छ ।
यता दुर्घटना स्थलमा इलाका प्रहरी कार्यलय कञ्चनपुरका प्रमुख डिएसपी माधव प्रसाद काफ्ले नेतृत्वको प्रहरी टोली खटि समन्वयको प्रयास भई रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२५-१०-१० , समय : १९:३७:५४ , 2 months अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित