मधेस प्रदेश : प्रमुख प्रशासकीय अधिकृत, लेखापाल र विज्ञापन कम्पनीका सञ्चालकविरुद्ध भ्रष्टाचार मुद्दा

मिति: २०२५-१०-१३ , समय : ०८:२९:०९ , गामघर डेस्क

फायल तस्बिर

गामघर डेस्क

काठमाण्डाै । मधेस प्रदेशको रौतहटको माधव नारायण नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रलब कायस्थ, लेखापाल रामबलम प्रसाद यादव र रौतहट एड्भर्टाइजिङ प्रालिका सञ्चालक अजितकुमार कर्णविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । उनीहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाण्डाैमा आरोपपत्र दायर गरेको हो ।

आयोगका अनुसार उनीहरूले विद्यालय भवन निर्माणसम्बन्धी ठेक्काको बोलपत्र आह्वान तथा बोलपत्र स्वीकृत गर्ने आशयको सूचना लुकाइछिपाइ गरेको पाइएको हो । उनीहरूले आपसी मिलेमतोका साथ ठेक्कासम्बन्धी सूचना सिटी पोस्ट राष्ट्रिय दैनिकजस्तो देखिने सीमित प्रतिमा मात्र छापेर झुट्टा कागजात पेश गरी २ लाख ५७ हजार ९ सय ७० रुपियाँ भुक्तानी लिएको प्रमाणित भएको आयोगले जनाएको छ ।

सूचनाको अभिलेख प्रेस काउन्सिल नेपालको अभिलेखमा पनि नदेखिएको आयोगले जनाएको छ ।

प्रकाशित मिति: २०२५-१०-१३ , समय : ०८:२९:०९ , 2 months अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित