सप्तरीमा चार वटा मोटरसाइकलसहित सात जना पक्राउ
मिति: २०२५-१०-१३ , समय : २२:२७:१३ , गामघर डेस्क
मिति: २०२५-१०-१३ , समय : २२:२७:१३ , गामघर डेस्क
तस्बिर : गामघर टिभि / राजविराज
गामघर डेस्क
राजविराज ।
सप्तरीमा ४ वटा मोटरसाइकलसहित ७ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले सोमबार पत्रकार सम्मेलन गर्दै चोरी भएको मोटरसाइकल र चोरीमा संलग्नहरुको नाम सार्वजनिक गरेको हो ।
विभिन्न मितिमा मोटरसाइकल चोरी भएको निवेदनको आधारमा खोजतलास गर्दा चोरी भएको मोटरसाइकल र चोरीमा संलग्नहरुलाई पक्राउ गरि कारबाही अगाडि बढाइएको सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम कुमार केसीले बताउनु भयो ।
उहाँले जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रबक्ता डिएसपी डम्बर बहादुर पुरी नेतृत्वको टोलीले मोटरसाइकल सहित उनीहरुलाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो । 
प्रहरी उपरीक्षक केसीका अनुसार पक्राउ पर्नेमा सप्तरीको राजविराज नगरपालिका वडा न.१५ का अनिल कुमार यादव,सोही स्थानका राज नारायण यादव, सचिन यादव,गजेन्द्र कुमार यादव रहेका छन् । यसैगरी राजविराज नगरपालिका वडा न.११ का अजय कुमार यादव, वडा नम्बर १० का शिवनन्दन यादव र उदयपुर बेलका नगरपालिका वडा नम्बर ९ का गणेश बहादुर विश्वकर्मा पक्राउ परेका छन् । साे पत्रकार सम्मेलनमा प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीको समेतको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: २०२५-१०-१३ , समय : २२:२७:१३ , 2 months अगाडि