काठमाडौंका मेयर बालेन शाह र सुदन गुरुङविरुद्ध मधेस प्रदेशको बारामा किटानी जाहेरी
मिति: २०२५-१०-१४ , समय : ०८:४४:१७ , गामघर डेस्क
मिति: २०२५-१०-१४ , समय : ०८:४४:१७ , गामघर डेस्क
तस्बिर : सामाजिक सन्जालबाट
गामघर डेस्क
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र ‘हामी नेपाल’का संस्थापक सुदन गुरुङविरुद्ध एमाले निकट राष्ट्रिय युवा संघ नेपाल बाराले जिल्ला प्रहरी कार्यालय बारामा किटानी जाहेरी दिएको छ । संघले सोमबार दिउँसो जाहेरी दिँदै दुबै व्यक्तिलाई जेनजी आन्दोलनका क्रममा भएको आगजनी, लुटपाट, तोडफोड र सरकारी संरचनामा भएको विध्वंसमा प्रत्यक्ष तथा परोक्ष संलग्नता रहेको आरोप लगाएको छ ।
संघले सो घटनाका लागि शाह र गुरुङलाई जिम्मेवार ठहर गर्दै कानूनी कारबाहीको माग गरेको हो। जाहेरी दिनुअघि राष्ट्रिय युवा संघ बाराले मोटरसाइकल र्यालीमार्फत शक्ति प्रदर्शन गरेको थियो ।एमाले पार्टी कार्यालय पन्नाबागमा भेला भएका कार्यकर्ताहरूले “राज्यविरुद्धको अराजकता र हिंसा अन्त्य गरौं” भन्ने नारासहित नगरका विभिन्न सडक हुँदै र्याली निकालेर जिल्ला प्रहरी कार्यालय बारामा पुगेर समाप्त गरेका थिए ।संघका अध्यक्ष सद्वाम अन्सारीको नेतृत्वमा पुगेको टोलीले जिल्ला प्रहरी कार्यालय बाराका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) बिजयराज पण्डितलाई जाहेरी पत्र बुझाएको हो ।
प्रकाशित मिति: २०२५-१०-१४ , समय : ०८:४४:१७ , 2 months अगाडि