सप्तरीको खडक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कारण तलवभत्ता पाउन अन्योलता कायमै
मिति: २०२५-१०-१५ , समय : ०८:४९:०४ , गामघर डेस्क
मिति: २०२५-१०-१५ , समय : ०८:४९:०४ , गामघर डेस्क
गामघर डेस्क
सप्तरी ।
सप्तरीको खडक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनय कुमार सोनु कार्यालयमा विगत लामो समयदेखि अनुपस्थित हुँदा कर्मचारीहरुले तलवभत्ता पाउनबाट बन्चित भएको छ । खडक नगरपालिकाका प्रमुख जयप्रकाश चौधरी र नेपाल शिक्षक संघ वीच भएको सहमति अनुसार तलवभत्ता उपलब्ध गराउन नगरपालिककामा मंगलबार बोलाएको बैठकमा पनि प्र.प्र.अ.सोनु अनुपस्थित भएपछि कर्मचारीले तलवभत्ता पाउनबाट बन्चित भएको हो ।
प्रप्रअ सोनुलाई बोलाएर समस्या समाधानको प्रयास गर्दा अनुपस्थित भएकोले तलवभत्तासहितका भुक्तानी बारे कुनै निर्णय गर्न नसकिएको नगरप्रमुख जयप्रकाश चौधरीले सञ्चारकर्मीलाई वताउनु भयो ।
प्रप्रअ सोनुुको कार्यशैली विरुद्व कर्मचारीहरुविगत समयदेखि पेन्दाउनसहित आन्दोलनमा हुदाँ कर्मचारीहरुलाई समन्वय गरी उपप्रमुख रिता कुमारी चौधारी र वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरु र आन्दोलनरत कर्मचारीसंग वार्ता गरी समस्याको निकास खोज्ने प्रयास गर्दा प्रमुख प्रशासकीय अधिकृत अनुपस्थित भएपछि निष्कर्षमा पुग्न नसकिएको नगर प्रमुख चौधरीले बताउनु भयो । शिक्षक कर्मचारीसंग भएको सम्झौता अनुसार आफुले कार्यान्वयनमा लान खोज्दा प्रमुख प्रशासकीय अधिकृत सोनुले असहयोग गरेको नगरप्रमुख चौधारीले गुनासो गर्नु भयो ।
प्रमुख प्रशासकीय अधिकृत सोनु र नगरप्रमुख वीच भएको विवादका कारण दशैंको मुखमा समेत शिक्षक कर्मचारीहरु तलव भत्ताबाट वञ्चित हुनुपरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत सोनुले नगर प्रमुख चौधारीले आफूलाई अख्तियारी नदिएको कारण नगरपालिकाको कामकाज प्रभावित भएको बताउनु भयो ।
प्रकाशित मिति: २०२५-१०-१५ , समय : ०८:४९:०४ , 3 days अगाडि