नेपाल पत्रकार महासंघद्वारा तिहार र छ्ठ पर्वको अवसरमा शुभकामना आदानप्रदान
मिति: २०२५-१०-१७ , समय : २२:३१:१५ , गामघर डेस्क
मिति: २०२५-१०-१७ , समय : २२:३१:१५ , गामघर डेस्क
तस्बिर : गामघर टिभि / राजविराज
गामघर डेस्क
राजविराज ।
सप्तरीको राजविराजमा शुक्रबार एक कार्यक्रमका बक्ताहरुले बर्तमान परिबर्तित अवस्थामा राज्यको तीनै तहका सरकार पत्रकारिता जीवन्त होस् भन्ने सोचमा नरहेकोले बताएको छ । नेपाल पत्रकार महासंघ सप्तरीद्वारा तिहार र छ्ठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा’ बर्तमान अवस्थामा पत्रकारिता” विषयक अन्तरक्रिया कार्यक्रमका सहभागी बक्ताहरुले यस्तो बताएका हुन् ।
बक्ताहरुले सरकारको उदासीनताले पत्रकारिता पेशा संकटमा परेको भन्दै यसले सम्पुर्ण संचार माध्यम बन्द हुने अवस्था पुगेको बक्ताहरुको जोड थियो । शासन व्यवस्था परिवर्तनका लागी पत्रकारहरुले ठुलो योगदान दिएको भन्दै बक्ताहरुले बर्तमान तीनै तहका सरकार पत्रकारितालाई जीवन्त राख्ने सोचमा नरहेको गुनासो गर्नु भयो । 
उनीहरुले पत्रकार र पत्रकारिताको विकासका लागि तीनै तहको सरकार गम्भीर हुनुपर्नेमा जोड दिनु भयो । बक्ताहरुले पत्रकारहरुको हकहित र पेशागत सुरक्षाका लागि तीनै तहका सरकारलाई दबाव सिर्जना गर्न एकताबद्ध भएर खबरदारी गर्नुपर्नेमा जोड दिनु भयो ।
पछिल्लो समय अनुशासनहीनता पत्रकारिताले समग्र पत्रकारिता क्षेत्रको बदनाम गरेको प्रति चिन्ता व्यक्त गर्दै बक्ताहरुले अनुशासित, मर्यादित, संयमित भएर कार्यक्षेत्रमा खट्नुपर्नेमा जोड दिनु भयो । उनीहरुले सुरक्षा कसैले नदिने भएकोले आफ्नो सुरक्षा आफै गर्दै अरुलाई समेत सुरक्षीत हुने गरि कार्य क्षेत्रमा खट्नुपर्नेमा जोड दिनु भयो ।
अनुशासित, मर्यादित र पत्रकार आचारसंहिता पालना गरि पत्रकारिता गरे सुरक्षा चुनौती नहुने भन्दै बक्ताहरुले पछिल्लो समयको छाडा पत्रकारिता नियन्त्रणमा महासंघलाई भुमिका निर्वाह गर्न आग्रह गर्नु भयो । बक्ताहरुले पत्रकार महासंघ पत्रकारलाई सुरक्षा दिन भन्दा नियन्त्रणमा बढी ध्यान केन्द्रित गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नु भयो । उनीहरुले पत्रकारको सुची तयार गरि अराजक गतिविधिमा संलग्नहरुलाई सचेत गराउन आग्रह गर्नु भयो ।
नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देवको अध्यक्षतामा आयोजित कार्यक्रममा आम संचार प्राधिकरण मधेस प्रदेशका पूर्व अध्यक्ष श्यामसुन्दर यादव, नेपाल पत्रकार महासंघ मधेस प्रदेशकी उपाध्यक्ष अम्विका दाहाल, नेपाल पत्रकार महासंघ सप्तरीका पुर्व अध्यक्षहरु विष्णुकुमार मण्डल, वैद्यनाथ झा, मुरलीप्रसाद यादव, धिरेन्द्रप्रसाद साह, वरिष्ठ पत्रकार अनिल कुमार अनल, लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै आ– आफ्नो विचार व्यक्त गर्नु भयो ।
प्रकाशित मिति: २०२५-१०-१७ , समय : २२:३१:१५ , 2 months अगाडि