घरघरमा लक्ष्मीपूजा मनाइँदै : मिथिलान्चलमा हुक्कापाति लाेप हुदै
मिति: २०२५-१०-२० , समय : २१:४७:५४ , गामघर डेस्क
मिति: २०२५-१०-२० , समय : २१:४७:५४ , गामघर डेस्क
गामघर डेस्क
काठमाण्डाै । आज बेलुका ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरी लक्ष्मीपूजा मनाइँदैछ । लक्ष्मीपूजा गरिने कार्तिक कृष्ण औँशीको रातलाई सुखरात्री पनि भनिन्छ ।
लक्ष्मीपूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलीमिली बनाइन्छ ।
यसअघि आजै बिहान कुकुर तिहार र नरक चतुर्दशी मनाइएको छ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
आज दिउँसो २ बजेर ५२ मिनेटपछि औँशी तिथि शुरू भएको हाे ।
पछिल्लोपटक मिथिलान्चलमा हुक्कापाति अर्थात हुक्का लाेलि लाेप हुदै गएकोमा सराेकारबालाहरु दुख ब्यक्त गरेको छ ।
प्रकाशित मिति: २०२५-१०-२० , समय : २१:४७:५४ , 2 days अगाडि