सप्तरी प्रहरीद्वारा पटाका नष्ट : डलवामा मदिरा पसलमा आगलागि

मिति: २०२५-१०-२१ , समय : १६:१७:३७ , गामघर डेस्क

गामघर डेस्क

राजविराज ।
जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा विभिन्न ब्राण्डका पटाका मगलवार नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय राजविराज प्राङ्गणमा हजारौं मूल्य बराबारका पटाकालाई खाल्डोमा पुरेर नष्ट गरिएको हो ।
जिल्ला प्रहरी तथा मातहतका ईकाई समेतबाट बरामद गरिएका विभिन्न ब्राण्डका आतिसबाजी तथा पटकाहरु नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीले बताएको छ ।
सो अवसरमा नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देव ,जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रतिनिधीहरु, स्थानिय जनप्रतिनिधी र प्रहरीसहितको उपस्थितीमा पटाका नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसैविच सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वार्ड नं १४ डलवा टोल स्थित कुनौली बोर्डर सडकको दाँया पट्टी रहेको गुल्ट मुखिया र उहाँका छोरा इन्द्रदेव मुखियाको रक्सी पसल र किराना पसल जलेर नष्ट भएको वडाध्यक्ष कृष्णकुमार यादवले बताएको छ । सो किरना र मदिरा पसलमा आग्लागी हुदा करिब १० लाख बराबरको क्षति भएको वडाध्यक्ष यादवले सञ्चारकर्मीलाई जानकारी दिनु भयो । गएराति करिब ८ बजे आगलागि हुदा आगोलाई नियन्त्रणमा स्थानियवासीले लिएको बताइएको छ ।

प्रकाशित मिति: २०२५-१०-२१ , समय : १६:१७:३७ , 1 day अगाडि

यहाँ कमेन्ट गर्नुहोस्