मधेश प्रदेशका ४६.५ प्रतिशत नागरिक बेरोजगार ….

मिति: २०२३-०३-२५ , समय : १४:५५:१६ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

जनकपुर ।
मधेश प्रदेशका झण्डै आधी जनसंख्या कुनैपनि आर्थिक कार्यमा संलग्न नरहेको पाइएको छ ।

नेपालमा १० वर्ष भन्दा बढी उमेर भएका २ करोड ३९ लाख ५८ हजार ८६८ जनामध्ये ३७.५ प्रतिशत नागरिक कुन पनि आर्थिक काममा संलग्न नभएको पाइएकोमा छ यस्तो संख्या सबैभन्दा धेरै मधेशमा रहेको पाइएको छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार मधेश प्रदेशमा कुनै पनि आर्थिक कार्यमा संलग्न नहुने नागरिक ४६.५ प्रतिशत रहेको छ ।

कुनै पनि आर्थिक कार्यमा संलग्न नहुने नागरिकमध्ये ३८.३ प्रतिशत नागरिक बागमती प्रदेशका छन् ।

यस्तै लुम्बिनीमा ३७.२ प्रतिशत, गण्डकीमा ३७ प्रतिशत, सुदूरपश्चिममा ३२.२ प्रतिशत, कोशीमा ३१.३ प्रतिशत, कर्णालीमा ३०.८ प्रतिशत नागरिक कुनै पनि आर्थिक कार्यमा संलग्न नभएको तथ्यांकमा उल्लेख छ ।

जनगणनाअनुसार १० वर्ष वा सोभन्दा माथिका २ करोड ३९ लाख ५८ हजार ८६८ जना व्यक्तिहरु मध्ये १ करोड ४९ लाख ८३ हजार ३१० जना (६२.५ प्रतिशत) ले भने जनगणना भएको १२ महिना अगाडिको समयमा कुनै न कुनै आर्थिक काम गरेको देखिन्छ । टुडेपाटीबाट

प्रकाशित मिति: २०२३-०३-२५ , समय : १४:५५:१६ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित