सप्तरीमा ठगी गरेको आरोप लगाउदै अपहरणको प्रयास

मिति: २०२५-१०-३१ , समय : २१:२१:४५ , गामघर डेस्क

तस्बिर : गामघर टिभि

गामघर डेस्क

राजविराज ।
सप्तरीको राजविराज नगरपालिका वडा न.११ झलहीका दिलीप यादवलाई अपरिचित समूहले अपहरण गर्न प्रयास गरेको छ । स्थानीय दिलीप यादवलाई अपरिचित समूहले विहीवार राति करिब ११ बजे अपहरण गर्ने प्रयास गरेको हो।
दिलीप यादव आफ्नै घरमा सुतिरहेको अवस्थामा दुईवटा स्कारपियो गाडी (मे १ च ४१७७ र प्रदेश १–०२–००२ च ७६०७) मा आएका व्यक्तिहरूले जबरजस्ती अपहरण गर्न खोजेका थिए ।
पीडित यादवका अनुसार ती व्यक्तिहरूले कुटपिट गर्दै गाडीमा हाल्ने प्रयास गरेका थिए । तर, स्थानियवासीहरूले प्रतिकार गरेपछि ती अपरिचित व्यक्ति गाडी सहित फरार भएका थिए ।
दिलीपका भतिज शिव प्रकाश यादवका अनुसार विदेश रोजगारका नाममा रकम ठगी गरेको आरोप लगाउँदै ती व्यक्तिहरूले जबरजस्ती उहाँलाई नियन्त्रणमा लिन खोजेका थिए ।
यता घटनापछि दुबै स्कारपियो गाडी र तिनका चालकलाई जिल्ला प्रहरी कार्यालय सप्तरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक गौतम कुमार केसीले घटनाको अनुसन्धान भइरहेको जानकारी दिनु भयो ।

प्रकाशित मिति: २०२५-१०-३१ , समय : २१:२१:४५ , 1 month अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित