आज हरिबोधिनी एकादशी : नारायण मन्दिरमा दर्शनार्थीको घुईंचो

मिति: २०२५-११-०१ , समय : ०८:५३:२६ , गामघर डेस्क

फायल तस्बिर

गामघर डेस्क

काठमाण्डौ । आज हरिबोधिनी एकादशी मनाईंदैछ । असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीदेखि कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गर्ने शास्त्रीय विधि छ । आज कात्तिक शुक्ल एकादशीका दिनमा भगवान विष्णुको प्रतीकका रुपमा तुलसीको विशेष पूजा गरी हरिबोधिनी एकादशी पर्व मनाउने गरिन्छ ।

कात्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ । आजको दिन काठमाण्डौ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाण्डौका शेषनारायण र इचँगुनारायणमा विशेष मेला लाग्छ ।

त्यस्तै काठमाण्डौको उत्तरमा रहेको बूढानीलकण्ठ नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुईंचो लागेको छ ।

प्रकाशित मिति: २०२५-११-०१ , समय : ०८:५३:२६ , 4 weeks अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित