सप्तरीमा एक किशोरीको झुण्डिएको अवस्थामा शव फेला

मिति: २०२५-११-०२ , समय : १६:१८:५५ , गामघर डेस्क

फायल तस्बिर

गामघर डेस्क

राजविराज ।
सप्तरीको राजगढ गाउँपालिका वडा न.६ बर्दाहीमा १५ वर्षीया एक किशोरी झुण्डिएको अवस्थामा मृत फेला परेकी छिन्। सिरहा जिल्ला भगवानपुर गाउँपालिका–२ गमरिहा घर भएकी नेहा मण्डल मामा सुनिल मण्डलको घरमा बस्दै आएकी थिइन्।
आइतवार बिहान करिब ८ बजे नेहा मण्डललाई घरभित्र बाँसको बलोमा सलको पासो लगाएर झुण्डिएको अवस्थामा फेला पारिएको प्रहरी चौकी झुटकीले जनाएको छ।
घटनाबारे सूचना प्रहरी चौकी झुटकीमा पुगेपछि प्रहरी नायब निरीक्षकको कमाण्डमा टोली घटनास्थल पुगेको थियो। प्रहरीले स्थल सुरक्षित गरी प्रारम्भिक अनुसन्धान अघि बढाएको जनाएको छ।
थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय कल्याणपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा एसओसीओ सहितको टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिनु भयो । उहाँले घटनाको वास्तविक कारण खुलेको छैन भने अनुसन्धान जारी रहेको बताउनु भयो ।

प्रकाशित मिति: २०२५-११-०२ , समय : १६:१८:५५ , 4 weeks अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित