सप्तरीको अग्नीसाइर गाउँपालिका अध्यक्ष चौधरीले दिए पदबाट राजीनामा
मिति: २०२५-११-०५ , समय : ०७:४९:२९ , गामघर डेस्क
मिति: २०२५-११-०५ , समय : ०७:४९:२९ , गामघर डेस्क
तस्बिर : सामाजिक सन्जालबाट
गामघर डेस्क
राजविराज ।
सप्तरीको अग्नीसाइर कृष्णासवरण गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीले पदबाट राजीनामा दिएका छन्। गाउँपालिकाको कार्यपालिका बैठकले उहााको राजीनामा स्वीकृत गरेको पत्र सार्वजनिक भएपछि यो विषय बाहिरिएको हो।
जानकारी अनुसार, अध्यक्ष चौधरीले असोज ५ गते उपाध्यक्ष कल्पना चौधरी समक्ष आफ्नो राजीनामा पेश गरेका थिए। राजीनामामा उहाँले आफ्नो काममा आवश्यक दक्षता, समय र ऊर्जा दिन नसकेको उल्लेख गर्दै पदमा रहन असमर्थ रहेको कारण स्पष्ट गरेका छन्। 
उपाध्यक्ष कल्पना चौधरीले राजीनामा प्राप्त भएसँगै कार्यपालिका बैठकमार्फत त्यसलाई स्वीकृत गरेको र त्यसको पत्रचार निर्वाचन आयोगमा समेत गरिएको जानकारी दिइन्। राजीनामा स्वीकृत भएपछि अब गाउँपालिकामा अध्यक्षको जिम्मेवारी उपाध्यक्षको समन्वयमा अघि बढ्नेछ। 
राजीनामा पत्रमा दिनानाथ चौधरीले ‘गाउँपालिकाको अध्यक्षको हैसियतले पाएको अनुभव जीवनको महत्वपूर्ण उपलब्धि हो। भविष्यमा पनि समाज र गाउँको सेवामा आफूलाई निरन्तर समर्पित गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।
प्रकाशित मिति: २०२५-११-०५ , समय : ०७:४९:२९ , 4 weeks अगाडि