सप्तरीको अग्नीसाइरमा चौथौ दिन पनि सेवा ठप्प : सेवाग्राहीहरु मारमा
मिति: २०२५-११-०७ , समय : २२:५२:१७ , गामघर डेस्क
मिति: २०२५-११-०७ , समय : २२:५२:१७ , गामघर डेस्क
तस्बिर : गामघर टिभि
गामघर डेस्क
राजविराज ।
सप्तरीको अग्नीसाइर कृष्णसारन गाउँपालिकाका विद्यालय, स्वास्थ्य संस्था, वडा कार्यालयसहितका सम्पूर्ण कार्यालयहरुको सम्पुर्ण सेवा प्रभावित भएको छ । तलवभत्ता माग गर्दै शिक्षक, कर्मचारी, स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएपछि पठनपाठन तथा स्वास्थ्य सेवा लगायतका सम्पुर्ण सेवा प्रभावित भएको हो ।
शिक्षक, कर्मचारी, स्वास्थ्यकर्मी कार्य क्षेत्र छोडेर गाउँपालिका अगाडि धर्ना बसेपछि गाउँपालिका मातहत कार्यालयहरूबाट दिइने सेवा सुविधा पूर्ण रूपले प्रभावित भएको छ ।
उहाँहरुले तलवभत्ताका लागि आन्दोलन परिचालन समितिको नेतृत्वमा मंगलबारदेखि गाउँपालिका अगाडि धर्ना बसेका छन्। संघर्ष समितिका संयोजक दुखन यादवको नेतृत्वमा शिक्षक कर्मचारी तथा स्वास्थ्यकर्मीहरु गाउँपालिका अगाडि धर्ना बसेका छन् । शिक्षक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरु आन्दोलनमा उत्रिएपछी गाउँपालिका मातहतका विद्यालय, स्वास्थ्य संस्थासहित सम्पुर्ण कार्यालय ठप्प भए पछि सम्पुर्ण सेवा प्रभावित भएको स्थानीय बताउँछन् ।
पालिकाको समस्या समाधानमा अध्यक्षले चासो नदिएपछि असोज ५ गते अध्यक्षले दिएको राजीनामा स्वीकृत गरी उपाध्यक्ष कल्पना कुमारी चौधरीलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिइएको छ ।
कार्यबाहक अध्यक्ष चौधरीले कर्मचारीहरुको समस्या समाधानमा गम्भीर भएको बताएकी छन्। प्रमुख प्रशासकीय अधिकृत धीरेन्द्र कुमार यादवसहित आन्दोलनरत शिक्षक कर्मचारी तथा स्वास्थ्यकर्मीहरुलाई भेटेर उहाँले माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नु हुदै आन्दोलन स्थगित गरी कामकाजमा फर्कन आग्रह गरिन्।
बिहीबार हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत यादवले १० दिन भित्र सबै माग सम्बोधन गर्ने आश्वासन दिँदै आन्दोलनरत पक्षलाई आन्दोलन स्थगित गर्न आग्रह गर्नु भयो ।
गाउँपालिका अध्यक्ष दिनानाथ चौधारीले तलवभत्ता उपलब्ध गराउने भनि प्रतिबद्धता जनाएपनि धोका दिएकोले कार्तिक १८ गतेदेखि गाउँपालिकासहित मातहत सम्पूर्ण कार्यालयहरु, विद्यालय, स्वास्थ्य संस्थाबाट दिइने सेवा सुविधा अनिश्चितकालिन बन्द गरी गाउँपालिका कार्यालय अगाडि हस्ताक्षर संकलन गरी धर्ना बस्ने ज्ञापनपत्रमा चेतावानी दिइएको थियो ।
प्रकाशित मिति: २०२५-११-०७ , समय : २२:५२:१७ , 3 weeks अगाडि