मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलको राजीनामा स्वीकृत

मिति: २०२५-११-०९ , समय : ०८:१३:०२ , गामघर डेस्क

फायल तस्बिर

गामघर डेस्क

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलको राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनको राजीनामा स्वीकृत गरेकी हुन् ।सोनलले आज प्रदेश सभामा विश्वासको मतको लागि समय लिएका थिए ।

तर आवश्यक बहुमत नपाउँदा उनले सदनमा नै राजीनामा घोषणा गरी प्रदेश प्रमुख समक्ष राजीनामा पत्र बुझाएका हुन् ।लोकतान्त्रिक समाजवादी पार्टीका नेता सोनललाई गत २९ असोजमा प्रदेश प्रमुखले नियुक्त गरेकी थिइन् ।

प्रकाशित मिति: २०२५-११-०९ , समय : ०८:१३:०२ , 3 weeks अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित