उमेश प्रतिनिधिसभाको निर्वाचनको लागी भेटघाट तिव्र : निर्वाचनमा प्रतिस्पर्धा गर्न स्थानीय अगुवाहरूकाे आग्रह

मिति: २०२५-११-०९ , समय : १५:५१:२० , गामघर डेस्क

तस्बिर : देबराम यादव / गामघर टिभि

गामघर डेस्क

राजविराज ।
सप्तरीको हुलाकी लोकमार्गको खाँडो पुलको पुर्वको छेउ आईतवार राजबिराज नगरपालिका १० बिरौल ,कदमाहा ,पकरी,सोनराका स्थानिय अगुवा प्रतिनिधिमुलक ब्यक्तिहरुसङ्ग प्रतिनिधिसभाको निर्वाचनको विषयमा (सम्वाद)को साथै भेटघाट गर्नु भएको छ । भेटघाटको क्रममा यादवले गरेको जनपक्षीय कामहरुलाई जनताले स्मरण गरिरहेको स्वयम सुन्दा आत्मसंतुष्टी भएको बताउनु भएको छ । स्थानिय अगुवाहरुले संविधानसभा तथा ब्यबस्थापिका संसदमा उमेशले खेलेको भुमिकालाई महत्त्व दिएर यस जिल्लाका राष्ट्रिय अध्यक्षलाई उपेन्द्र यादव र सिके राउतलाई जोगाउन २ नम्बर क्षेत्रलाई छोडेर अन्य क्षेत्रबाट निर्वाचनमा जान आग्रह गर्दै यसबाट प्रतिनिधिसभामा भुमिकाको लागि बाताबरण बनाउनु पर्ने कुरा राख्नु भएको थियो । स्थानिय अगुवाहरुले दुबै जना फरक फरक निर्वाचन क्षेत्रमा जानुपर्ने कुरा राख्नु भयो । स्थानिय अगुवाहरुले विभिन्न जिज्ञासा समेत राखेका थिए । तर उमेशले सवै जिज्ञासालाइ सभ्य तरीकाले धतमार्ने गरी आश्वस्त पार्नु भएको थियो । स्थानियहरुले यादवलाई प्रतिनिधिसभाको निर्वाचनमा प्रतिस्पर्धा गर्न आग्रह गरेका छन् । बिरौल ,कदमाहा ,पकरी,सोनराका स्थानिय अगुवाहरुले उहाँको कार्यकालमा भएको बिकास निर्माण,कार्य तथा निर्वाचित भएपछि निरन्तर जनतालाई गर्नुभएको सम्मानलाई स्मरण गर्दै अब फेरि प्रतिनिधिसभाको मोर्चा सम्हाल्न आग्रह गर्नु भयो । उहाँले स्थानिय अगुवाहरुको सुझावलाई गम्भीरताका साथ लिएको बताउनु हुदै अन्य अगुवासाथीहरूसङ्ग सुझाव लिएर चुनावी मोर्चामा सहभागी हुने कुरा बताउनु भयो ।

प्रकाशित मिति: २०२५-११-०९ , समय : १५:५१:२० , 3 weeks अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित