सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा नवजात शिशु घाइते भए पछि तोडफोड : अवस्था तनावग्रस्त
मिति: २०२५-११-०९ , समय : २२:१४:३६ , गामघर डेस्क
मिति: २०२५-११-०९ , समय : २२:१४:३६ , गामघर डेस्क
तस्बिर : देबराम यादव / गामघर टिभि
गामघर डेस्क
सप्तरी ।
सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा नवजात शिशु सघन उपचार कक्ष (एनआईसियु)मा आईतवार साँझ सर्टसर्किट हुँदा एक नवजात शिशु घाइते भएका छन्।
शिशु घाइते भए पछि आक्रोशित परिवारजन र जेनजी समूहका युवाले अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.दिलिप साहमाथि हातपात गर्नु भएका छन्। अस्पतालमा स्थिति बिग्रिन नदिन खटिएका सुरक्षाकर्मीकै उपस्थितिमा तोडफोड समेत गरिएको छ । यसअघि एनआईसियु कक्षमा समेत सामान्य तोडफोड गरिएको थियो।
अस्पतालका अनुसार रूपनी गाउँपालिका–स्थित हर्दियाकी रेखा यादवले आईतवार जन्मेएको शिशु एनआईसियुमा राखिएको थियो। एनआईसियुमा जडान गरिएको विद्युत् बल्ब सर्टसर्किट भएर झर्दा बालक घाइते भएका हुन्। घाइते शिशुलाई थप उपचारका लागि धरान पठाइएको अस्पतालले जनाएको छ । 
डा. साहका अनुसार घटना भएको केहीबेरपछि आफैं अनुगमनका लागि एनआईसियु पुगेका बेला आक्रोशित समूहका एक सदस्यले आफूमाथि हातपात गरेको बताउनु भयो । उहाँले निरीक्षणका क्रममा एक समूह आएर हातपात गरको बताउनु भयो ।
यता अस्पतालका चिकित्सकहरूले दोषीलाई पक्राउ नगरेसम्म आपत्कालीनसहितका सबै सेवा बन्द गर्ने चेतावनी दिएका छन्। अस्पताल प्रशासनले हातपातको घटनाको निन्दा गर्दै सुरक्षाको माग गरेको छ।
प्रकाशित मिति: २०२५-११-०९ , समय : २२:१४:३६ , 3 weeks अगाडि