फ्लाेअप समाचार : वडाध्यक्ष यादवको हत्या आरोपमा प्रहरी जवान पक्राउ

मिति: २०२५-११-१५ , समय : ०९:३१:५९ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम । मधेस प्रदेशको धनुषाको मिथिला बिहारी नगरपालिका–९ का वडाध्यक्ष विन्देश्वर यादवको हत्याको आरोपमा प्रहरी जवान शम्भु यादव पक्राउ परेका छन् । भोज खाने विषयमा विवाद हुँदा प्रहरी जवान यादवले हिजो वडाध्यक्ष यादवमाथि गोली प्रहार गरेको प्रहरी नायब उपरीक्षक गणेश बमले बताउनुभयो ।

यता घटनामा केही व्यक्ति घाइते समेत भएका छन् । घाइतेको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ । वडाध्यक्षलाई गोली प्रहार गर्ने यादव धनुषा प्रहरीमा कार्यरत रहेका र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बमले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२५-११-१५ , समय : ०९:३१:५९ , 2 weeks अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित