कोशी प्रदेशको मोरङबाट तस्करी लाइन सुचारु : प्रहरीकै सेटिङमै संगठित तस्करी

मिति: २०२५-११-१९ , समय : ११:२२:३० , गामघर डेस्क

तस्बिर : गामघर टिभि

गामघर डेस्क

विराटनगर । कोशी प्रदेशको मोरङबाट व्यापक तस्करी शुरु भएको खबर छ । नेपाल प्रहरी, सशस्त्र प्रहरीकै सेटिङमै र मिलोमतोमा संगठित तस्करी फैलिएको बताइएको छ । पुर्वी नेपालको प्रमुख व्यापारिक नाका रानी क्षेत्रबाट व्यापक रूपमा तस्करी बढेको देखिएको छ । तर नियमन र नियन्त्रण गर्ने निकाय नै सेटिङमा चलेपछि कसको के नै पो लाग्छ र ? यस क्षेत्रका एसपी, देखि चौकी इन्चार्जसम्मले आ-आफ्नो भाग खोज्दै घुमुवा खटाएर तस्करहरूबाट पैसा असुल्न थालेको स्थानीयहरू दावी गर्छन् ।

मोरङको प्रमुख व्यापारिक नाका रानी भन्सार नाकाबाट यतिबेला व्यापक तस्करी फस्टाएको छ । तस्करहरूले नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको प्रदेश प्रमुखदेखि जिल्ला हुँदै इलाका र चौकी इन्चार्जसम्मलाई लाइन मिलाएर पुनः तस्करी शुरु गरेको स्थानीयहरूले बताएका छन् । तस्करहरूको विभिन्न समूहले मुख्य भन्सार नाकादेखि छोटी नाकाबाट दैनिक करोडौंको भन्सार छलीका सामाग्रीहरु दुवै तर्फ निर्वाध रुपमा पास गर्ने गरेको बताइएको छ । यसैगरी रंगेली नाकाबाट यतिबेला व्यापक तस्करी फस्टाएको छ । नवजनप्रहारबाट

प्रकाशित मिति: २०२५-११-१९ , समय : ११:२२:३० , 2 weeks अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित