सिरहामा डाका समूहद्वारा गोली प्रहार : बाबु-छोरा गम्भीर घाइते
मिति: २०२५-११-१९ , समय : ११:५९:४३ , गामघर डेस्क
मिति: २०२५-११-१९ , समय : ११:५९:४३ , गामघर डेस्क
फायल तस्बिर
गामघर डेस्क
सिरहा । मधेस प्रदेशको सिरहाको कल्याणपुर नगरपालिका-१२ बेल्हामा मध्यरातमा गोली चलेको छ । गाउँमा आइपुगेका ८/१० जनाको अपरिचित डाका समूहले गोली चलाएको हो ।
गोली प्रहारबाट स्थानीय ५० वर्षीय वीरेन्द्र महतो र उनका छोरा २५ वर्षीय अनिल महतो गम्भीर घाइते छन् । उनीहरू दुवै जनालाई उपचारका विराटनगरस्थित विराट टिचिङ अस्पताल लगिएको छ ।
वीरेन्द्रको पेटमा गोली लागेको छ भने अनिलको छातीमा गोली लागेको छ । अज्ञमत समूह करिब राति १ बजेको समयमा गाउँमा आइपुगेका थिए । उक्त समूह स्थानीय भोला महतोको घरमा पुगेपछि होहल्ला मचेको थियो ।
त्यसपछि प्रतिकार गर्न खोज्दा उनीहरूमाथि गोली चलाइएको वडाध्यक्ष दिलीप यादवले जानकारी दिएका छन् । उनका अनुसार, उनीहरू भोलाका छिमेकी हुन् ।
यस घटनाका विषयमा विस्तृत अनुसन्धान कार्य भइरहेको सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । ‘घाइतेहरूलाई विराटनगर पठाइएको छ,’ उनले भने, ‘प्रहरीले अनुसन्धान गरिरहेको छ ।’
प्रकाशित मिति: २०२५-११-१९ , समय : ११:५९:४३ , 2 weeks अगाडि