सप्तरीमा १३ वर्षीया बालिकाकाे बलात्कार : पीडित परिवारलाई इन्सेकद्वारा आर्थिक सहयोग

मिति: २०२५-११-२० , समय : १९:४३:३८ , गामघर डेस्क

फायल तस्बिर

गामघर डेस्क

राजविराज ।
सप्तरीकाे अग्नीसाइर–कृष्णसवरण गाउँपालिकाकी एक १३ वर्षीया बालिका बलात्कारको शिकार भएकी छन्। आरोप अनुसार तरिहुत गाउँपालिका–५, लोहजरा टोलका १९ वर्षीय अनिलकुमार महतोले ललाईफकाई बलात्कार गरेका थिए र ज्यान मार्ने धम्की दिएका थिए। घटना तत्काल सार्वजनिक गर्न नसकिँदा ढिलो खुलासा भएको हो। पीडितले २०८२ भदौ १९ गते शिशु जन्माइसकेकी छन्।

पीडित परिवारले घटना सार्वजनिक भएपछि २०८२ असार १३ गते इलाका प्रहरी कार्यालय, कञ्चनपुरमा उजुरी दर्ता गरेका थिए। उजुरी मुद्दा नं. १५१ (२०८१/८२) अन्तर्गत दर्ता भएको छ। सोही दिन गजेन्द्र नारायण सिंह अस्पतालमा पीडितको स्वास्थ्य परीक्षण गरिएको थियो। DSP माधव प्रसाद काफ्लेका अनुसार आरोपी हालसम्म फरार छन् र खोजी कार्य जारी छ।

पीडित बालिकालाई न्याय दिलाउन र थप सहयोग उपलब्ध गराउन असोज २७ गते निवेदन इन्सेक (Informal Sector Service Centre) मधेश प्रदेश, संयोजक राजु पासवानसमक्ष दलित सरोकार मञ्च, नेपालका कार्यकारी निर्देशक भोलाकुमार पासवानले पेश गरेका थिए।

मानवअधिकारकर्मी (इन्सेक )नविन कुमार यादवले न्याय सुनिश्चित गर्न पीडित पक्षलाई आर्थिक सहयोग १० हजार रुपैयाँ हस्तान्तरण गरेका हुन्।

रकम हस्तान्तरण कार्यक्रममा डम्बर राई, सह–सचिव, नेपाल पत्रकार महासंघ सप्तरी तथा अध्यक्ष, प्रेस चौतारी,पीडित बालिकाकी आमा,, वडा अध्यक्ष अशोक कुमार आचार्य,स्थानीय प्रतिनिधिहरू हरीप्रसाद चौधरी, सोफिलाल लाल यादव,इलाका प्रहरी मोहलीकाे प्रहरी हवल्दार, इश्वर कार्की,लगायतको उपस्थितिमा रकम हस्तान्तरण गरिएको छ ।

हस्तान्तरणका क्रममा पीडित बालिकाको स्वास्थ्य, पालनपोषण र कानुनी सहयोग सुनिश्चित गर्न जोड दिइएको थियो।

यता इन्सेक मधेश प्रदेशले पीडित परिवारलाई निरन्तर सहयोगमा रहने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति: २०२५-११-२० , समय : १९:४३:३८ , 1 week अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित