मधेस प्रदेश : कारले ठक्कर दिंदा श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर घाइते

मिति: २०२५-११-२३ , समय : १५:५७:४२ , गामघर डेस्क

फायल तस्बिर

गामघर डेस्क

जनकपुरधाम । मधेस प्रदेशको धनुषामा कारले दम्पतिलाई ठक्कर दिंदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

जनकपुर ढल्केबर सडक खण्ड अन्तर्गत धनुषाको मिथिला नगरपालिका वडा नं २ नक्टाझीज हजरा चोकस्थित आज बिहान जनकपुरबाट ढल्केवरतर्फ आउँदै गरेको बागमती प्रदेश ०१(०३१ च २०३६ नम्बरको कारले साईकलमा सवार दम्पतीलाई ठक्कर दिएको हो ।
ठक्करबाट मिथिला नगरपालिका-१ लक्ष्मी निवासका ६० वर्षीय राजकुमार महतो गम्भीर घाइते भएका छन् भने उनकी पत्नी वर्ष ५५ का सुमित्रा देवीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२५-११-२३ , समय : १५:५७:४२ , 1 week अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित