सप्तरीमा कारागारबाट भागेका ‘बलात्कारि कैदी’ मण्डल पक्राउ
मिति: २०२५-११-२३ , समय : २०:४५:०० , गामघर डेस्क
मिति: २०२५-११-२३ , समय : २०:४५:०० , गामघर डेस्क
फायल तस्बिर
गामघर डेस्क
राजविराज ।
जेन–जी आन्दोलनको समयमा सप्तरीको राजविराज कारागारबाट फरार भएका बलात्कार मुद्दाका कैदीलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीले फरार भएको लामो समयपछि कैदी कामेश्वर मण्डललाई शुक्रबार पक्राउ गरिएको हो।
सप्तरीको बोदेबरसाईन नगरपालिका वडा न.१ महनौरी टोलका मण्डल बासिन्दा हुन्। उहाँमाथि बलात्कार मुद्दामा ७ वर्ष कैद सजाय तथा ३ लाख रुपैयाँ जरिवाना तोकिएको थियो। सजाय भुक्तान गरिरहेका मण्डल जेन–जी आन्दोलनको मौका छोपी फरार भएका थिए ।
इलाका प्रहरी कार्यालय बोदेबरसाईनबाट खटिएको प्रहरी टोलीले फरार मण्डललाई पक्राउ पश्चात उहाँलाई जिल्ला कारागार राजविराजमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीका अनुसार आन्दोलनका कारण सुरक्षा चुनौती बढेको बेला कैदी फरार हुनु गम्भीर सुरक्षा जोखिम रहेको बताउनु भएको छ ।
प्रकाशित मिति: २०२५-११-२३ , समय : २०:४५:०० , 1 week अगाडि