सप्तरीमा दुई छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्यु
मिति: २०२५-१२-०२ , समय : २२:११:२६ , गामघर डेस्क
मिति: २०२५-१२-०२ , समय : २२:११:२६ , गामघर डेस्क
फायल तस्बिर
गामघर डेस्क
राजविराज । सप्तरीमा भएको दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । साेहि क्रममा सप्तरीको हुलाकी सडकखण्डको खडक नगरपालिका वडा नम्बर ११ बनौलीमा सोमबार मोटरसाइकलको ठक्करबाट ट्याक्टर चालकको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते स्थानीय ४२ बर्षीय दिप्रेन्द्र पासवानको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो ।
खडक नगरपालिका ११ स्थित हुलाकी सडकखण्ड।अन्तर्गत सडक छेउमा प्रदेश २–०१–००१ प १७०८ नम्बरको मोटरसाइकलले ठक्कर दिदा ट्याक्टर चालक पासवान गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिनु भयो ।
ट्याक्टरको पछाडी भागमा थ्रेसर जोडेर धान दाई गरिरहेको बेला सडकमा उभिरहेको अवस्थामा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको मोटरसाइकलले ट्याक्टर चालक पासवानलाई ठक्कर दिएको प्रहरी नायव उपरीक्षक पुरीले जानकारी दिनु भयो ।
ठक्करबाट गम्भीर घाइते उनलाई उपचारको लागि छिन्नमस्ता अस्पताल राजबिराज पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएका छन् ।
दुर्घटनामा मोटरसाइकल चालक शम्भुनाथ नगरपालिका १२ अर्नाहा चोकका २८ बर्षिय रामचन्द्र चौधरी समेत घाइते भएको प्रहरी नायव उपरीक्षक पुरीले जानकारी दिनु भयो । उहाँले घाइते चौधरीको अबस्थामा सामान्य रहेको तथा घट्नाबारे थप अनुसन्धान भइरहेको बताउनु भयो ।
यता सप्तरीको कञ्चनरूप नगरपालिका ११ स्थित सिमरामा सोमबार ६५ वर्षीय एक जना मृत फेला परेको छ । सिमरा बजारस्थित बहिनीको घरमा बस्दै आएका मोहमद तजमुल मृत अवस्थामा फेला परेको हो ।
बहिनी सैरुल खातुनको घरमा बस्दै आएका उहाँ मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । मृतक तजमुल मागी खाने र मदिरा सेवन गरी सो ठाउँमा बस्दै आएको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनु भयो ।
मृतका तजमुलको शव परिक्षणका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको तथा घटना बारे थप अनुसन्धान अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक काफ्लले जानकारी दिनु भयो ।
प्रकाशित मिति: २०२५-१२-०२ , समय : २२:११:२६ , 35 minutes अगाडि