सप्तरीमा अझै राेकिएन तस्करी : सिमावर्ति नाकाहरुमा प्रहरीकै मिलाेमताेमा खुलेआम तस्करी

मिति: २०२५-१२-०५ , समय : ०८:२२:५८ , गामघर डेस्क

तस्बिर : एस.एन. यादव / गामघर टिभि

गामघर डेस्क

राजविराज । सप्तरी जिल्लाका नाकाबाट भइरहेको तस्करी धन्दा रोकिनुको साटो झन् बढेको खबर प्राप्त भएको छ । सप्तरीको मलहनिया नाकाबाट केही दिनयता व्यापक तस्करी भइरहेको छ । दैनिक रातको साँढे एक बजे देखि बिहानको साँढे पाँच बजेसम्म यो नाकाबाट व्यापक तस्करी भइरहेको छ ।
यो नाकाबाट कपडा, खैनी, बीडी, रजनीगन्धा, जुत्ता, चप्पल, चुराको तस्करी हुँदै आएको छ । केही दिनदेखि त दिउँसो नै पनि यी सामानको तस्करी हुने गरेको छ । यो नाकाबाट तस्करीको लाइन पाउनेहरूमा ललन मण्डल, सुशीला मण्डल, शिवशंकर साह, कृष्णदास, गणेश महत्तो, सावित्री मण्डल, रेखा, हरि प्रमुख छन् । जबकि यो नाकामा नेपाल प्रहरीको रामपुर मलहनिया चौकी र सशस्त्र प्रहरी बलको पनि बीओपी पोस्ट रहेको छ । यसपछि पनि नेपाल प्रहरीको इलाका प्रहरी कार्यालय हनुमाननगर र सशस्त्र प्रहरी बलको टिकुलिया पोस्ट रहेको छ । सीमामा प्रहरीतर्फ असई र सशस्त्र प्रहरी बलतर्फ सई दर्जाका प्रमुख छन् भने टिकुलियामा सशस्त्र प्रहरीको निरीक्षक र हनुमाननगरमा प्रहरीको सई प्रमुखका रूपमा कार्यरत छन् । भारततर्फ सीमामा कुनौली बजार पर्दछ ।
तस्करहरूसँगको आर्थिक लेनदेन नेपाल प्रहरीतर्फ घुमुवाका रूपमा परिचालित वरिष्ठ हवल्दार रामशंकर यादव र सहायक हवल्दार विनोद यादवले गर्दै आएका छन् । त्यसैगरी सशस्त्र प्रहरीतर्फ भने बीओपी प्रमुखले नै गर्ने गरेको स्वयं कारोबारीहरू नै बताउँछन् । प्रहरीका यी घुमुवाहरू पहिले धेरै बदनाम भएर लखेटिएका भए पनि फेरि सेटिङ मिलाएर सप्तरीमै फर्किएका छन् । फर्के लगत्तै उनीहरू घुमुवा रूपमा परिचालित भएका छन् । अहिले एसपी गौतम केसीको घुमुवा भन्दै व्यापारी र तस्करहरूसँग रकम असुली गरिरहेका छन् । यति ठूलो जनजी आन्दोलन भए पनि सीमावर्ती क्षेत्रमा हुने चोरी–तस्करी नियन्त्रण भएको छैन भने दुबै प्रहरीले रकम लिँदै तस्करीको लाइन चलाएका छन् । नव जनप्रहारबाट

प्रकाशित मिति: २०२५-१२-०५ , समय : ०८:२२:५८ , 3 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित