जेनजी पुस्ताले मंगलबार सप्तरीका सरकारी कार्यालय बन्द गर्ने

मिति: २०२५-१२-०८ , समय : २३:०१:५९ , श्रीकान्त यादव

तस्बिर : श्रीकान्त यादव / गामघर टिभि

श्रीकान्त यादव

राजविराज ।
सप्तरीमा जेनजी पुस्ताले मंगलबार जिल्लाका सरकारी कार्यालय बन्द गर्ने घाेषणा गरेका छन । हालैे नेपाल सरकारले देश भरीका ३७ करदाता सेवा कार्यालय खारेज गरि आन्तरिक राजस्व कार्यालयबाट सेवा प्रबाह गरिने निर्णय विरुद्ध जिल्लाका सरकारी कार्यालय मंगलबार बन्द गर्ने घाेषणा गरेको हो ।
जेनजी पुस्ताले जिल्ला प्रशासन कार्यालय राजविराज अगाडि सुरु गरेका धर्ना कार्यक्रम सोमबार पनि स्थानीय उधोगी व्यवसायीहरुले दोश्रो पनि निरन्तरता दिएका हुन् । “सुन सरकार सप्तरीबासी सब क आवाज” आन्तरिक राजस्व कार्यालय स्थापना संघर्ष समिति सप्तरी उल्लेख प्लेकार्डसहित जेनजी पुस्ताका युवाहरू विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना बसेका छन् ।
राजविराज स्थित रहेको करदाता सेवा कार्यालयलाई अन्तरिक राजस्व कार्यालयमा वृद्धि गरी स्थापना गर्नुपर्ने १ सुत्रीय माग राखी आन्दोलनमा उत्रिएको संघर्ष समितिका संयोजक मोहन यादवले बताउनु भयो । उहाँले हाम्रो मांग पुरा नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिनु भएको छ । यादवले आन्दोलनमा सबै पक्षको साथ सहयोग रहेको बताउनु हुदै थप सशक्त आन्दोलनमा सहयोग गर्न जिल्लाबासीसंग आग्रह गर्नु भयो ।
जेनजी पुस्ताद्वारा गठित संघर्ष समितिद्वरा पूर्व घोषित संघर्षका कार्यक्रम अनुसार २०८२ मंसिर २१ ग्ते विहान ११ बजेदेखि दिउँसो १ बजेसम्म जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना बस्ने, २०८२ मंसिर २२ गते ११ बजेदेखि दिउँसो २ बजेसम्म जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना बस्ने र २०८२ मंसिर २३ गते जिल्ला स्थित सम्पुर्ण नगरपालिका ÷ गाउँपलिका र वडा कार्यालय तथा जिल्लाका सम्पूर्ण कार्यालय बन्द गर्ने कार्यक्रम रहेको छ ।
यसअघि सप्तरी उधोग बाणिज्य संघले कार्तिक २२ गते देखि २७ गतेसम्म करदाता सेवा कार्यालय खारेज गर्ने निर्णय विरुद्व हस्ताक्षर संकलन गरी अर्थमन्त्रीलाई बुझाएका थिए । कार्तिक २८ गते गजेन्द्र चौकदेखि मौन जुलुस प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी मार्फत संघीय अर्थमन्त्रीलाई हस्तारक्षित तुल पठाउँदै धर्ना समेत दिएका थिए ।
माओवादी जनयुद्व कालमा राजविराज स्थित आफ्नै भवनमा रहेको आन्तरिक राजस्व कार्यालय लहान सरेपछि २०७५ सालमा पुनः करदाता सेवा कार्यालय पुनार्थपाना गरिएको थियो ।
राजविराज सेवा कार्यालयमा करदाता संख्या ७२ हजार बढी रहेका छन् । उक्त कार्यालयबाट आव २०८१/०८२ मा १ अर्व राजस्व असुली भएको छ । कार्यालयले आव २०८२/०८३ मा १ अर्व २५ लाख राजस्व असुली गर्ने लक्ष्य राखेको छ । सरकारले लिएको लक्ष भन्दा बढी यस कर्यालयबाट राजस्व संकलन हुँदै आएको छ । कार्यालयमा दरबन्दी ( कार्यलय प्रमुख )अफिसर १ , सुब्बा १ कम्प्युटर अपरेटर २ र ६ जना करारका कर्मचारी कार्यरत छन् ।
नेपाल सरकार मन्त्री परिषदको निर्णय अनुसार देश भरको ३७ करदाता सेवा कार्यालय खारेज गरि आन्तरिक राजस्व कार्यालयबाट सेवा प्रबाह गरिने भएको जनाएको छ ।

प्रकाशित मिति: २०२५-१२-०८ , समय : २३:०१:५९ , 23 hours अगाडि