सप्तरीको कञ्चनरुपमा बसको ठक्करबाट एक साइकल यात्रीको मृत्यु

मिति: २०२५-१२-१२ , समय : १३:३९:४५ , निकेश साह

तस्बिर : निकेश साह / गामघर टिभि

निकेश साह

राजविराज । सप्तरीको कञ्चनरुप नगरपालिकामा शुक्रबार बसले दिएको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ ।
सप्तरीको कञ्चनरुप नगरपालिकाको वडा ८ बेरियर चोकस्थित चार्जिङ स्टेशन अगाडी पूर्व पश्चिम राजमार्गमा भएको दुर्घटनामा ४८ बर्षीय साईकल यात्री पुरुषको मृत्यु भएको हो । मृतकको नाम ठेगाना भने खुल्न नसकेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।
काँकडभिट्टाबाट हटौँडातर्फ आउँदै गरेको प्र१–०१–००१ ख ४१०६ नं. को यात्रु बाहक बसले विपरित दिशाबाट जाँदै गरेको साइकल यात्रीलाई ठक्कर दिदा उहाँ गम्भिर धाईते हुनुभएको थियो ।स्थानीय अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज पठाईएकोमा त्यहाँ उपचारको क्रममा साईकल यात्रीको मृत्यु भएको उहाँले बताउनुभयो । यता घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रकाशित मिति: २०२५-१२-१२ , समय : १३:३९:४५ , 1 hour अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित