बिकास तिवारी जसपा परित्याग गरी राष्ट्रिय मुक्ती पार्टीमा प्रवेश

मिति: २०२५-१२-१२ , समय : १९:५९:०२ , गामघर डेस्क

तस्बिर : गामघर टिभि / राजविराज

गामघर डेस्क

राजविराज ।
जसपा नेपालका केन्द्रीय सदस्य बिकास तिवारी पार्टी परित्याग गरी राष्ट्रिय मुक्ती पार्टीमा प्रवेश गरेका छन । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले तिवारीलाई फुलमाला, लगाई पार्टीमा स्वागत गरेका थिए ।
पत्रकार सम्मेलनमा महतोले काँग्रेस, कम्युनिस्टको विचारले देश असफल भइसकेकोले बहुपहिचानसहितको विचार लिएर काँग्रेस, एमाले, माओवादीको विकल्पको रुपमा पार्टी स्थापना गरि अगाडि बढेको बताउनु भयो ।
उहाँले मधेसी–आदिवासी जनजाति–दलित– मुश्लिम–महिलासहित उत्पीडित जाति, मधेस–पहाड– हिमालका पछाडि पारिएको समुदायलाई जोड्दै अधिकार अधिकार सुनिश्चितताको अभियान पार्टीको रहेको उल्लेख गर्नु भयो ।
‘ जेनजी विद्रोहको एजेन्डा स्थापित गर्न बिचार सहितको बिकल्प राष्ट्रिय मुक्ती पार्टी मात्र एक बिकल्प रहेको उहाँले जिकिर गर्नु भयो ।
अध्यक्ष महतोले संविधान घोषणा प्रक्रियादेखि मधेसमा भएको ‘दमन’ र मधेसी जनताको बलिदानलाई उपेक्षा गरिएको आरोप लगाउनु भयो । जेनजी आन्दोलनले मुलकमा ल्याएको परिवर्तनलाई संस्थागत गर्न अन्तरिम संविधान मार्फत ब्यबस्था परिवर्तन हुनुपर्नेमा उहाँले जोड दिनु भयो ।
बर्तमान सरकारले जेनजी बिद्रोहको माग सम्बोधन गर्न नस्सक्ने दावी गर्दै अध्यक्ष महतोले अहिले पुरानै दलहरूले भष्टाचार, अनियमिता, सुशासन कायम गर्न गम्भीर नदेखिएको र पुरानो संसदलाई ब्युतयाउन परपंच भईरहेको उल्लेख गर्नु भयो । उहाँले जेनजी परिवर्तनवाट सुशिला कार्कीको नेतृत्वमा बनेको सरकार युवा पुस्ताको माँग पूरा गर्न गम्भीर नदेखिएको आरोप लगाउनु भयो ।
जिल्ला अध्यक्ष दिपेन्द्र चौधरीको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय महासचिव गजेन्द्र मण्डल, राजनीतिक समिति सदस्य सिएन थारु, नेता सन्तोष मेहता, सिताराम मण्डल लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: २०२५-१२-१२ , समय : १९:५९:०२ , 3 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित