करदाता सेवा कार्यालय खारेज गर्ने निर्णय विरुद्ध सप्तरीका पालिका प्रमुखहरु रिले अनशनमा
मिति: २०२५-१२-१२ , समय : २१:२४:४२ , गामघर डेस्क
मिति: २०२५-१२-१२ , समय : २१:२४:४२ , गामघर डेस्क
तस्बिर : देबराम यादव / गामघर टिभि
गामघर डेस्क
राजविराज । सप्तरीको राजविराजस्थित करदाता सेवा कार्यालयलाई आन्तरिक राजस्व कार्यालयमा स्तरोन्नति गर्नुपर्ने मागसहित शुक्रबारदेखि रिले अनसन सुरु गरिएको छ ।
करदाता सेवा कार्यालयलाई गाभ्ने/खारेज गर्ने सरकारी निर्णयका विरुद्ध जनप्रतिनिधि, राजनीतिक दलका नेता तथा विभिन्न स्थानीय निकायका पदाधिकारी सहभागी भएर पहिलो दिनको अनसन गजेन्द्र चौकमा सम्पन्न भयो । 
बिहान साढे एधार बजेबाट सुरु भएको पहिलो दिनको रिले अनसनमा जिल्ला समन्वय समितिका प्रमुख शिवनारायण साह, उपप्रमुख शम्भु यादव, राजविराज नगरपालिकाका कार्यवाहक मेयर इसरत परविन, डाक्नेश्वरी नगरपालिकाका मेयर रामलखन मुखिया, रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादव, विष्णुपुरका अध्यक्ष उमेश कुमार यादव, तिरहुत गाउँपालिकाका अध्यक्ष विजय कुमार यादव, राजविराजका निलम्बित मेयर भीमराज यादव, शम्भुनाथ नगरपालिकाका निलम्बित मेयर जितेन्द्र गुप्ता, अग्नीसाइर कृष्णासवरणका वडाध्यक्ष तेजनारायण यादवलगायतका जनप्रतिनिधि सहभागी रहेका छन । 
राजविराजस्थित करदाता सेवा कार्यालयमा ७२ हजारभन्दा बढी करदाता छन् र गत आर्थिक वर्षमा १ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन भएको थियो ।
सरकारले हाल देशभरका ३७ करदाता सेवा कार्यालय खारेज गरी सेवाहरू आन्तरिक राजस्व कार्यालयमार्फत मात्रै प्रदान गर्ने नीति अघि बढाएको छ ।
प्रकाशित मिति: २०२५-१२-१२ , समय : २१:२४:४२ , 3 hours अगाडि