श्रीमती बेपत्ता भन्दै जाहेरी : अनुसन्धान गर्दा खुल्यो श्रीमान्बाटै श्रीमतीकाे हत्या
मिति: २०२५-१२-१४ , समय : १६:३३:३१ , गामघर डेस्क
मिति: २०२५-१२-१४ , समय : १६:३३:३१ , गामघर डेस्क
फायल तस्बिर
गामघर डेस्क
काठमाडौं । श्रीमती हत्याको आरोपमा श्रीमान पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा संखुवासभाको मादीका प्रेम दोर्ची शेर्पा छन् । शेर्पाले नै आफ्नो श्रीमती बेपत्ता भएको भन्दै प्रहरीमा जाहेरी दिएका थिए ।
९ मंसिरको राति साढे १० बजेतिर श्रीमती मिना शेर्पा र आफू ओखरबोट बजारबाट फर्कँर्दै गर्दा आफूखुसी बीच बाटोबाट हिँडेर बेपत्ता भएको भन्दै श्रीमान प्रेम दोर्चीले प्रहरीमा जाहेरी दिएका थिए ।
तर प्रहरी अनुसन्धानको क्रममा मिनाको हत्या भएको खुल्यो । मिनाको हत्या प्रहरीमा जाहेरी दिने उनै श्रीमान प्रेम दोर्चीले गरेको खुलेको प्रहरीले बताएको छ ।
त्यसरात बजारबाट घर फर्कने क्रममा विवाद भएपछि कुटपिट गरेर हत्या गरेपछि त्रिपालले बेरेर खाल्डो खनेर गाडेको श्रीमान् प्रेम दोर्चीले स्वीकार गरेको संखुवासभा प्रहरीका सूचना अधिकारी धनबहादुर राजवंशीले बताए ।
हत्या गरेर गाडेको अवस्थामा शव समेत प्रहरीले उत्खनन गरेको छ । घटनाको १९ दिनपछि पक्राउ परेका प्रेम दोर्चीविरुद्ध कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।
प्रकाशित मिति: २०२५-१२-१४ , समय : १६:३३:३१ , 8 hours अगाडि