नेभ्ला जिल्ला कार्य समिति सप्तरीको ११ औं अधिबेशन सम्पन्न

मिति: २०२५-१२-१६ , समय : ०७:३३:५३ , गामघर डेस्क

तस्बिर : देबराम यादव / गामघर टिभि

गामघर डेस्क

राजविराज ।
नेपाल पाराभेटनरी एण्ड लाइभष्टक एशोसिएसन (नेभ्ला)जिल्ला कार्य समिति सप्तरीको ११ औं अधिबेशन सम्पन्न भएको छ । जिल्ला कार्य समिति सप्तरीका अध्यक्ष पाण्डे कुमार मेहताको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष राम प्रसाद मेहताको प्रमुख आतिथ्यमा सप्तरीको अग्नीसाइर कृष्णासवन गाउपालिका वडा न.१ मा सोमबार एक समारोहका वीच अधिबेशन सम्पन्न भएको हो ।
उद्घाटन समारोहमा प्रमुख अतिथि केन्द्रीय अध्यक्ष मेहता, केन्द्रीय महासचिव विशेश्वर प्रसाद यादव,केन्द्रीय सदस्य सत्यनारायण चौधरी,मधेस प्रदेशकाअध्यक्ष रामेश्वर यादव,कोशी प्रदेशका अध्यक्ष योगेन्द्र प्रसाद यादव,ज्येष्ठ पाराभेटकर्मी देवकान्त चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भयो ।
अधिबेशनले पुनः पाण्डे कुमार मेहताको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समिति गठन गरिएको छ । गठित समितिको उपाध्यक्षमा यसोधर यादव,सचिबमा शिव नारायण विराजी,सह सचिबमा श्रवण कुमार मण्डल र कोषाध्यक्षमा सन्तोष कुमार चौधरी सर्वसम्मतले चयन भएका छन् ।
यसैगरी समितिको सदस्यहरुमा गौतम चौधरी,प्रमानन्द यादव,सुरेन्द्र प्रसाद यादव,अमित कुमार चौधरी,पिलु खड्का, सुनिता साह,कुलानन्द चौधरी,रामप्रसाद चौधरी,धनजित खड्का,भागवत महतो रहेका छन् ।
यस्तै अधिबेशनले श्याम कुमार चौधरीको संयोजकत्वमा सतिश कुमार चौधरी,हेम नारायण मण्डल रहेको तीन सदस्यीय जिल्ला सल्लाहकार समिति समेत गठन गरेको नवनिर्वाचित अध्यक्ष मेहताले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२५-१२-१६ , समय : ०७:३३:५३ , 12 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित