सप्तरीमा सडक निर्माणको माग गर्दै पूर्वपश्चिम हुलाकी मार्ग अवरुद्ध
मिति: २०२५-१२-१९ , समय : २१:०६:०१ , गामघर डेस्क
मिति: २०२५-१२-१९ , समय : २१:०६:०१ , गामघर डेस्क
तस्बिर : देबराम यादव / गामघर टिभि
गामघर डेस्क
सप्तरी ।
पूर्वपश्चिम हुलाकी लोकमार्गको अग्नीसाईर कृष्णासवरन गाउँपालिका ४ स्थित बनौलीमा शुक्रबार सडक अवरुद्ध गरिएको छ । विगत लामो समयदेखि ठेकेदार कम्पनीले सडक खनेर अलपत्र छोडेपछि दिनहुुँ दुर्घटनाको धटनामा वृद्धि भईरहेको कारण स्थानीयले सडक अवरुद्ध गरेको हो ।
विहान ११ बजेदेखि बाँस , ढुङ्गा, मुढा बाटोमा राखेर विरोधमा उत्रिएपछि उक्त सडक भएर चल्ने सवारीसाधन बाटोमै रोकिएको थियो । सडक खनेर अलपत्र छोड्दा धुलो, उड्ने, दैनिक दुर्घटना हुने जस्ता समस्याले हैरान भएपछि आन्दोलनमा उत्रिनु बाध्य भएको स्थानीय चन्देश्वर यादवले बताउनु भयो ।
समस्या बारे सडक डिभिजन कार्यालय लहान, स्थानीय जनप्रतिनिधि, निर्माण कम्पनीलाई पटकपटक ध्यानाकर्षण गराउँदा समेत सुनुवाइ नभए पछि बाध्य भएर सडक अवरुद्ध गर्नु परेको स्थानीय रामदेव यादवले बताउनु भयो ।
विगत समयदेखि घर भत्त्काउन लगाएर सडक निर्माण नगर्दा आफूहरुले सास्ती खेप्नु परेको रामकृष्ण यादवले गुनासौ पोख्नु हुदै धुलोको कारण घरवरिपरि बाताबरण दुषित हुँनुको साथै स्वास्थ्यमा नकारात्मक असर पुगेको बताउनु भयो ।
स्थानीय ललन शर्माले पटकपटक सडक निर्माणका लागि खबरदारी गर्दा समेत झुक्याउने गरेकोले अविलम्ब सडक निर्माण गर्ने ग्यारेन्टी नभएसम्म सडक अवरुद्ध जारी राख्ने बताउनु भयो । उहाँले शान्तिपूर्ण संघर्षबाट माग सम्बोधन नभए थप सशक्त आन्दोलनमा समेत गर्नु पर्ने बताउनु भयो । उक्त सडकखण्डको बनौलीदेखि डिमनसम्मको ५ सय मिटर सडक निर्माण कार्य अधुरो छोड्दा आवतजावत सास्ती ब्यहोर्न बाध्य छन ।
प्रकाशित मिति: २०२५-१२-१९ , समय : २१:०६:०१ , 20 hours अगाडि