सप्तरीको कञ्चनरुप र अग्नीसाइरका विद्यालयमा ३ दिन विदा
मिति: २०२५-१२-३० , समय : ०८:४२:०४ , गामघर डेस्क
मिति: २०२५-१२-३० , समय : ०८:४२:०४ , गामघर डेस्क
तस्बिर : गामघर टिभि / राजविराज
गामघर डेस्क
राजविराज ।
सप्तरीको कन्चनरुप नगरपालिका अन्तर्गतका सामुदायिक, धार्मिक तथा संस्थागत सबै विद्यालयमा तीन दिनको लागि विदा दिएको छ । नगरपालिकाद्वारा सोमबार एक सूचना जारी गर्दै पुस १६ गतेदेखि १८ गतेसम्म विद्यालयमा विदा दिएको जानकारी गराएको हो ।
शिक्षा शाखाका शाखा अधिकृत प्रेमकुमार चौधरीद्वारा हस्ताक्षरित सूचनामा जाडो/चिसो बढेकोले जाडो विदामा कटौती हुने गरि सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालयमा ३ दिनका लागि विदा गर्न निर्देशन दिइएको छ ।
‘जडोयाम शुरु भएसंगै यस पालिका क्षेत्रमा समेत चिसो/जाडो वढेकाले जाडो विदाबाट कट्टा हुने गरि मिति २०८२/०९ ।१६ देखि २०८२/०९/८(१८ गते सम्म ३ (तीन) दिनको लागि विद्यालयमा विदा गर्नुहुन जानकारीको लागि अनुरोध छ।’ नगरपालिकाद्वारा जारी सूचनामा उल्लेख छ । 
बाक्लो कुहिरोसंगै शीत लहरी बढेपछि सप्तरीका आधा दर्जन गाउँपालिकाले विद्यालयमा विदा दिएको छ ।
त्यस्तै सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका अन्तर्गतका सामुदायिक, धार्मिक तथा संस्थागत सबै विद्यालयमा तीन दिनको लागि विदा दिएको छ । गाउँपालिकाद्वारा सोमबार एक सूचना जारी गर्दै पुस १६ गतेदेखि १८ गतेसम्म विद्यालयमा विदा दिएको जानकारी गराएको हो ।
कार्यबाहक अध्यक्ष कल्पना कुमारी चौधरी र प्रमुख प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्र कुमार यादवद्वारा हस्ताक्षरित सूचनामा जाडो÷ चिसो बढेकोले जाडो विदामा कटौती हुने गरि सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालयमा ३ दिनका लागि विदा गर्न निर्देशन दिइएको छ ।
‘जडोयाम शुरु भएसंगै यस पालिका क्षेत्रमा समेत चिसो/जाडो वढेकाले जाडो विदाबाट कट्टा हुने गरि मिति २०८२/०९ ।१६ देखि २०८२/०९/८(१८ गते सम्म ३ (तीन) दिनको लागि विद्यालयमा विदा गर्नुहुन जानकारीको लागि अनुरोध छ।’ गाउँपालिकाद्वारा जारी सूचनामा उल्लेख छ ।
यता बाक्लो कुहिरोसंगै शीत लहरी बढेपछि सप्तरीका आधा दर्जन गाउँपालिकाले विद्यालयमा विदा दिएको छ ।
प्रकाशित मिति: २०२५-१२-३० , समय : ०८:४२:०४ , 2 weeks अगाडि