सिकार खेल्न गएका ६ मध्ये एकजनाको गोली लागेर मृत्यु, पाँचजना पक्राउ
मिति: २०२६-०१-०१ , समय : ०८:२३:०० , गामघर डेस्क
मिति: २०२६-०१-०१ , समय : ०८:२३:०० , गामघर डेस्क
फायल तस्बिर
गामघर डेस्क
काठमाडौं ।
सुर्खेतकाे जाजरकोटको बारेकोट गाउँपालिका–८ स्थित मिरिकोट खारा जंगलमा सिकार खेल्दा गोली लागेर प्रचण्डदेव सिंहको मृत्यु भएको घटनामा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी सुधीरकुमार खड्काका अनुसार मृतक प्रचण्डदेवसहित ६ जना स्थानीय जंगलमा सिकार खेल्न गएका थिए ।
उनीहरूमध्ये ४५ वर्षीय इन्द्रबहादुर सिंह, ५४ वर्षीय मीमबहादुर सिंह, २४ वर्षीय राजीव शाही, ४४ वर्षीय जनक कार्की र ३१ वर्षीय लालबहादुर सिंह पक्राउ परेका हुन् ।पक्राउ परेकाबाट तीन थान भरुवा बन्दुक, दुई थान फलामको चक्कु, १३५।१८ ग्राम बारुद र भरुवा बन्दुकमा प्रयोग हुने ११ थान गोली बरामद गरिएको प्रहरीले जनाएको छ।सिकारीमाथि मंगलबार जिल्ला अदालतमा हतियार तथा खरखजाना मुद्दामा सात दिनको म्याद थप गर्दै अनुसन्धान सुरु गरिएको छ ।
प्रकाशित मिति: २०२६-०१-०१ , समय : ०८:२३:०० , 2 weeks अगाडि