सप्तरीमा अत्यधिक चिसोले कठयाङ्गिएर सदाकाे मृत्युु

मिति: २०२६-०१-०१ , समय : १६:४४:५५ , गामघर डेस्क

तस्बिर : शिव शङ्कर पण्डितकाे सहयोगमा

गामघर डेस्क

राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर ५ लोखरम टाेलमा अत्यधिक चिसोले कठयाङ्गिएर एक जनाको मृत्युु भएको छ । अत्यधिक चिसोले कठयाङ्गिएर स्थानीय ५५ बर्षिय बोकु सदाकाे मृत्युु भएको पुर्व वडाअध्यक्ष शिबशङ्कर पण्डितले जानकारी दिनुभयो । विगत केही दिन यता सप्तरी सहित तराई मधेसका जिल्लामा बढेको अत्यधिक चिसाेले यहाँको जनजिवन निकै कष्टकर बनेको छ । पछिल्लो केही दिन यता अचानक बढेको अत्यधिक चिसोले खासगरी गरिब , निमुखा तथा मेहनत मजदुरि गर्नेहरूको जनजिवन निकै प्रभावित भएको छ । यता अत्यधिक चिसोले राजविराज स्थित गजेन्द्रनारायण सिह अस्पतालका साथै जिल्लाका स्वास्थ्य सस्थाहरुमा समेत बिरामीको सङ्ख्यामा बृद्धि भएको स्वास्थ्यकर्मीहरु बताउँछन् । चिसोले खासगरी बालबालिका तथा बृद्ध बृद्धाहरु बढि प्रभावित बनेको छ ।

प्रकाशित मिति: २०२६-०१-०१ , समय : १६:४४:५५ , 2 weeks अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित