जुरीखेतमा सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु : ३ जना गम्भीर घाइते
मिति: २०२६-०१-०५ , समय : ०८:५५:४५ , गामघर डेस्क
मिति: २०२६-०१-०५ , समय : ०८:५५:४५ , गामघर डेस्क
तस्बिर : सामाजिक सन्जालबाट
गामघर डेस्क
काठमाडौं । हेटौँडा–काठमाडौं जोड्ने भीमफेदी–कुलेखानी–काठमाडौं सडक खण्डअन्तर्गत भीमफेदी गाउँपालिका-६, जुरीखेतस्थित सडकमा आइतबार साँझ भएको सुमो गाडी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । काठमाडौंबाट हेटौँडातर्फ आउदै गरेको ना १ ज १७७८ नम्बरको सुमो गाडी दुर्घटना हुँदा घाइते भएका नौ जनामध्ये छ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । मृतकहरूको सनाखत हुन बाँकी छ ।
प्रवक्त बोगटीका अनुसार घाइतेलाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पुर्याइएको थियो । तीनजनाको भने सोही हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित मिति: २०२६-०१-०५ , समय : ०८:५५:४५ , 2 weeks अगाडि