कोशी प्रदेशको उदयपुरमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्युु

मिति: २०२६-०१-०६ , समय : ०८:४०:२० , गामघर डेस्क

साङ्केतिक तस्वीर

गामघर डेस्क

काठमाण्डाै । कोशी प्रदेशको उदयपुरमा सिमेन्ट घोल्ने मिक्चर जडान भएको ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा अरू दुई जना घाइते भएका छन् ।

त्रियुगा नगरपालिका वडा नम्बर ७ होक्सेमा पर्ने मदन भण्डारी लोकमार्गमा ट्र्याक्टर ओरालोमा अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ट्र्याक्टरमा सवार त्रियुगा नगरपालिका वडा नम्बर ६ जलजलेका ४३ वर्षीय राजा हुसेन अली र २६ वर्षीया आशा सदाको ज्यान गएको हो ।

यस्तै दुर्घटनामा घाइते भएका दुई जना उपचारपछि घर फर्किएका छन् ।

प्रकाशित मिति: २०२६-०१-०६ , समय : ०८:४०:२० , 1 week अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित