लाइसेन्सवाला बन्दुकले कन्चटमा गोली हानेर आत्महत्या
मिति: २०२६-०१-०६ , समय : ०८:५९:०१ , गामघर डेस्क
मिति: २०२६-०१-०६ , समय : ०८:५९:०१ , गामघर डेस्क
गामघर डेस्क
काठमाडौं । भक्तपुरको ठिमी नगरपालिका ६ बस्ने सनिप चाम्लिङ राई मृत भेटिएका छन् । राइटोलस्थित साढे ४ तले घरको चौथो तल्लामा बस्ने ४० वर्षीय राई आफ्नै घरको कोठामा मृत भेटिएका हुन् ।प्रहरीका अनुसार ढोकामा चुकुल लगाई आफूले आफैलाई कञ्चटमा जिएस फाइभ, जर्मन लेखेको कालो रंगको बन्दुकले आफैंलाई गोली हानी आत्महत्या गरेका हुन् ।घटनामा प्रयोग भएको हतियार सूर्यकुमार नेम्वाङको नाममा लाइसेन्स प्राप्त रहेको पाइएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।मृतक राई र हतियारको लाइसेन्स लिएका सूर्य नाताले साला–भिनाजु रहेको खुलेको छ । घटनाबारे थप छानबिन भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२६-०१-०६ , समय : ०८:५९:०१ , 1 week अगाडि